प्रदेश / स्थानीय सरकार

बडी बिल्डिङ प्रतियोगिताको ट्रफी सार्वजनिक

इकागज |
असोज १, २०८० सोमबार १६:१५ बजे

कैलाली । सुदूरपश्चिम प्रदेशको धनगढीमा पहिलो पटक हुने सुदुरपश्चिम श्री शारीरिक सुगठन (बडी बिल्डिङ) प्रतियोगिताको ट्रफी सार्वजनिक गरिएको छ ।  फारवेष्ट फिटनेस एण्ड स्पोट्र्स क्लबको आयोजनामा आउँदो असोज १२ र १३ गते धनगढीमा सुदुरपश्चिम श्री प्रतियोगिताको  ट्रफी आज पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरिएको हो । 

विधाका प्रथम द्धितीय र तृतीय हुने खेलाडीलाई दिईने ट्रफी सुदुरपश्चिम प्रदेश खेलकुद परिषदका सदस्य सचिव दिपकवहादुर सिंह र फारवेष्ट फिटनेस एण्ड स्पोट्र्स क्लबका अध्यक्ष मोहन तामाङले सार्वजनिक गरे । 


खुल्ला पुरुष शारिरिक र शारिरिक सुगठन खुल्ला गरि दुई विधामा खेलाईने प्रतियोगिताका दुवै विधाका विजेतालाई जनही नगद २५ हजार पुरस्कार दिईनेछ । यस्तै दुबै विधामा दोस्रो हुनेलाई नगद १५ हजार र तेस्रो हुनेलाई नगद १० हजार नगद पुरस्कार दिईने आयोजकले पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।   

प्रतियोगितामा कुनै पनि उमेर समुहका खेलाडीहरुले भाग लिने सक्नेछन । प्रदेश स्तरीय प्रतियोगिता भएकाले सुदूरपश्चिमका जहाँ सुकै बसोबास गरिरहेका खेलाडीहरुले भाग लिन पाउने फारवेष्ट फिटनेस एण्ड स्पोट्र्स क्लबका अध्यक्ष मोहन तामाङले जानकारी दिए । प्रतियोगितामा सहभागी हुन खेलाडीहरुले एक हजार दर्ता शूल्क बुझाउनु पर्नेछ ।


Author

थप समाचार
x