प्रदेश / स्थानीय सरकार

गोदावरी नगरपालिकाले भूकम्प पीडितलाई २५ लाख दिने

इकागज |
कात्तिक १९, २०८० आइतबार १८:४५ बजे

गोदावरी नगरपालिकाले भूकम्प पीडितलाई २५ लाख दिने

गोदावरी (ललितपुर)- गोदावरी नगरपालिकाले भूकम्पपीडितलाई  रु २५ लाख दिने निर्णय गरेको छ ।


नगरपालिकाका नगर प्रमुख गजेन्द्र महर्जनले जाजरकोट जिल्लाको रामीडाँडा केन्द्रबिन्दु भएर गत शुक्रबार राति ११ः४७ बजे गएको ६.४ म्याग्नेच्युडको भूकम्पमा परेका भूकम्प पीडितको उद्धार, राहत र पुनःस्थापनाका लागि विपद् व्यवस्थापन कोषबाट रु २५ लाख सहयोग गरेको जानकारी दिए ।

भूकम्पपछि जाजरकोट र रुकुम पश्चिम लगायतका प्रभावित क्षेत्रमा ठूलो सङ्ख्यामा मानवीय क्षति, भौतिक क्षति तथा सयौँ सङ्ख्यामा घाइते भएकाहरूप्रति दुःख प्रकट गर्दै उनले भने, 'विपद्को समयमा सबै एक भएर विपद्को सामना गर्नुपर्छ ।'


Author

थप समाचार
x