प्रदेश / स्थानीय सरकार

मेयरले बाँडिन् ५० गरिब परिवारलाई बिहे खर्च

इकागज |
पुस १९, २०८० बिहीबार १५:४७ बजे

रौतहट -मौलापुरकी मेयर रिना साहले ५० गरिब परिवारलाई बिहे खर्च दिएकी छिन् ।

मौलापुर नगरपालिकामा “असहायके साथ मेयर कार्यक्रम” अन्तर्गत आज ५० जना गरिब परिवारलाई रू ३० हजारको दरले  सहयोग बाँडेकी हुन । 


आज एक कार्यक्रमका माझमा मेयर साहले अनुदानको सो रकमको चेक हस्तान्तरण गरेकी हुन ।

मेयर साहले झण्डै ६ वर्ष अघि सुरू गरेको यो कार्यक्रमले आम गरिब परिवारलाई ठूलो राहत प्रदान गरेको स्थानीयले जनाएका छन ।


Author

थप समाचार
x