प्रदेश / स्थानीय सरकार

मधेश प्रदेशमा मन्त्रिपरिषद् विस्तार

इकागज |
साउन ३, २०८१ बिहीबार २१:२५ बजे

महेन्द्रनगर (धनुषा)- मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

मुख्यमन्त्री सिंहले आज नेपाली कांग्रेसका सांसद सुनिल यादव अर्थमन्त्री, जनार्दन सिंह क्षेत्री भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री, शेषनारायण यादव ऊर्जा, सिँचाइ तथा खानेपानीमन्त्री र कौशलकिशोर रायलाई श्रम तथा यातायातमन्त्री नियुक्त गरेका हुन् ।


लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) एक मन्त्रालय लिएर मधेश प्रदेश सरकारमा सहभागी भएको छ । लोसपाबाट प्रमुख सचेतक रानी शर्मा तिवारी शिक्षा तथा संस्कृतिमन्त्री नियुक्त भएकी छन् । यसअघि उक्त मन्त्रालय एमालेका राजकुमार लेखीले सम्हालेकी थिइन् । उनलाई गृह, सञ्चार तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ । आजै नेपाली कांग्रेसबाट चार र लोसपाका एक मन्त्रीले पद तथा गोपनीयताको शपथ लिए ।
 
नवनियुक्त मन्त्रीहरूलाई मधेश भवनमा प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले पद तथा गोपनीयताको शपथ गराएकी थिइन् ।


Author

थप समाचार
x