प्रदेश / स्थानीय सरकार

कर्णाली प्रदेश प्रमुखले कार्यभार सम्हाले

इकागज |
साउन १८, २०८१ शुक्रबार ११:५ बजे

कर्णाली - कर्णाली प्रदेशका प्रमुख यज्ञराज जोशीले कार्यभार सम्हालेका छन् । चौथो प्रदेश प्रमुखका रूपमा उनले कार्यभार सम्हालेका छन् ।

यही साउन १४ गतेको मन्त्रिपरिषद् बैठकले उनलाई प्रदेश प्रमुखमा नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । विसं २००६ चैत २५ गते बझाङको भातेखोलामा जन्मिएका प्रदेश प्रमुख जोशी तीसको दशकदेखि नेपाली कांग्रेसमा आवद्ध थिए ।
 



Author

थप समाचार
x