प्रदेश / स्थानीय सरकार

लुम्बिनीका ८ बिनाविभागीय मन्त्रीहरूले जिम्मेवारी पाए, हत्या आरोपी कुर्मी भए वन मन्त्री

इकागज |
साउन १८, २०८१ शुक्रबार १४:५० बजे

काठमाडौं - लुम्बिनी प्रदेशका ८ जना बिनाविभागीय मन्त्रीहरूले  जिम्मेवारी पाएका छन् । मुख्यमन्त्री चेतनारायण आचार्यले साउन ९ गते नियुक्त गरेका ८ बिनाविभागीय मन्त्रीले जिम्मेवारी पाएका हुन् ।

जसअनुसार शहरी विकास तथा खानेपानी मन्त्रीमा प्युठानका सरोज थापा, वन तथा वातावरणमा बाँकेका बादशाह कुर्मीले जिम्मेवारी पाएका छन् । उनीमाथि निर्मला कुर्मीको अपहरण र हत्याको आराेप छ । त्यस्तै, उद्योग, पर्यटन तथा यातायात मन्त्रीमा दाङका प्रचण्डविक्रम न्यौपाने र आर्थिक मामिला तथा योजना मन्त्रीमा गुल्मीका धनेन्द्र कार्कीलाई जिम्मेवारी दिइएको छ ।


त्यस्तै एमालेबाट भौतिक पूर्वाधार विकास मन्त्रीमा रूपन्देहीका भूमिश्वर ढकाल, कृषि तथा भूमि व्यवस्था मन्त्रीमा गुल्मीका दिनेश पन्थी, स्वास्थ्य मन्त्रीमा पाल्पाका खेम सारु र ऊर्जा जलश्रोत र सिँचाइ मन्त्रीमा दाङकी सीता शर्मा चौधरीले जिम्मेवारी पाएका छन् ।

मुख्यमन्त्री आचार्यले सामाजिक विकास मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय र महिला तथा बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी आफैंसँग राखेका छन् । लुम्बिनीमा नेकपा एमाले र काँग्रेस मिलेर सरकार बनाएका हुन् । एमालले मुख्यमन्त्रीसहित पाँच र  कांग्रेसबाट ४ जना गरी ९ जनाकाे मन्त्रिपरिषद्‍ भएकाे छ ।  कांग्रेसले आफ्नो भागमा परेको एउटा मन्त्रालयमा मन्त्री पठाउन सकेको छैन ।


Author

थप समाचार
x