Ekagaj Logo
०२ कात्तिक २०८१, शुक्रबार
(Friday, 18 October, 2024)

प्रदेश / स्थानीय सरकार

कोशी प्रदेशमा चुनौती बन्दै डेंगु नियन्त्रण

इकागज |
साउन ३१, २०८१ बिहीबार ९:११ बजे

मोरङ- कोशी प्रदेशमा डेंगु नियन्त्रण चुनौतीका रूपमा देखापरेको चिकित्सक तथा स्थानीय निकायका पदाधिकारीहरूले बताएका छन् । बितेका चार महिनामा प्रदेशमा पाँच सय ८२ जना डेंगु सङ्क्रमित भएका छन् ।

प्रदेश स्वास्थ्य मन्त्रालयद्वारा बुधबार साँझ आयोजित  मोरङका स्थानीय तहका प्रमुख उपप्रमुख, सरोकारवालालगायतको सहभागितामा भएको डेंगु नियन्त्रणसम्बन्धी  कार्यक्रममा उक्त जानकारी दिइएको हो । डेंगु लागेर एकजनाको मृत्यु भएको छ ।


यो प्रदेशमा साउन १ देखि २९ गते सम्ममा तीन सय ३४ जना सङ्क्रमित थपिएका हुन् । धनकुटास्थित स्वास्थ्य निर्देशनालयका निर्देशक ज्ञानबहादुर बस्नेतका अनुसार उक्त अवधिमा मोरङमा एक सय ९९, झापामा ३३, धनकुटामा ३२, सङ्खुवासभामा ३०, भोजपुरमा २५, ओखलढुङ्गामा १०, खोटाङमा तीन र तेह्रथुममा दुईजना सङ्क्रमित भएका छन् ।

मोरङको लेटाङ नगरपालिकामा  सङ्क्रमितको सङ्ख्या तीन सय १० पुगेको उपप्रमुख कृष्णकुमारी निरौलाले बताए । 


Author

थप समाचार
x