प्रदेश / स्थानीय सरकार

पाँचथरको एक घरमा विस्फोट : दुई नाबालकको मृत्यु

इकागज |
भदौ १४, २०८१ शुक्रबार ७:३९ बजे

पाँचथर- पाँचथरको फालेलुङ गाउँपालिका–५ मा बिहीबार साँझ भएको विस्फोटमा परी दुई जना नाबालकको मृत्यु भएको छ। विस्फोटक पदार्थ विस्फोट हुँदा घाइते भएका चार बालबालिकामध्ये २ वर्षीया प्रिन्सा साँवाको उपचारका क्रममा झापाको बि एण्ड सी अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो ।

विस्फोटमा परी ११ वर्षीय दिपशन साँवाको इलाम अस्पतालमा मृत्यु भएको हो । 


त्यसैगरी ११ वर्षीय पवन राईको जिल्ला अस्पताल पाँचथरमा उपचार भइरहेको छ । ७ वर्षीय दिपशन राई सामान्य घाइते भएकाले स्थानीय स्वास्थ्य चौकी प्राङबुङमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

डाडागाउँ भन्ने स्थानमा आइतराज केरुङको घरमा विष्फोट भएको थियो। सुरक्षा निकायले यसलाई ‘होममेड ग्रिनेट’ को विस्फोट भएको अनुमान गरेको छ । 

माओवादीको द्वन्दकालमा यो घर सेल्टरको रुपमा प्रयोग भएकाले त्यति बेलाकै ग्रिनेड हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।


Author

थप समाचार
x