प्रदेश / स्थानीय सरकार

पूर्वमुख्यमन्त्री केदार कार्की फेरि आमरण अनशनमा

इकागज |
भदौ २५, २०८१ मंगलबार २१:४८ बजे

फाइल फाेटाे

काठमाडौँ - कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्की फेरि अनशनमा बसेका छन् । मंगलबार बेलुका प्रहरीले पक्राउ गरेर निवास छाडे लगत्तै फर्किएर उनी पुनः अनशन बसेका हुन् ।

आज अपरान्ह ४ बजेदेखि कार्की अनशनमा बसेका थिए । कार्कीले कोशी प्रदेशसभा सचिवालय अगाडि अनशन थालेका थिए । उनलाई निषेधित क्षेत्रभित्र अनशन गरेको भन्दै साँझ प्रहरीले पक्राउ गरेको थियो ।


उनलाई प्रहरी भ्यानमा राखेर कार्की निवास छाडिएको थियो । लगत्तै सहयोगीहरूका साथ फर्किएर उनले अनशन सुरु गरेका छन् ।

आफू मुख्यमन्त्री भएका बेला सुरु गरेका महत्वपूर्ण र जनउत्तरदायी कार्यक्रमहरू अहिलेको सरकारले कटौती गरेको भन्दै पूर्वमुख्यमन्त्री कार्की अनशन बसेका थिए । आफू नेतृत्वको सरकार हुँदा सञ्चालन गरिएका यी कार्यक्रम सरकारले कटौती गरेको भन्दै कार्कीले विरोध गरिरहेका छन् ।


Author

थप समाचार
x