प्रदेश / स्थानीय सरकार

बारामा बस पल्टियो : ४३ जना घाइते, ८ जनाको अवस्था गम्भीर

इकागज |
भदौ ३१, २०८१ सोमबार ११:६ बजे

रौतहट- पूर्व पश्चिम राजमार्ग अन्तर्गत बाराको उनासी पुलमा बसको अगाडिको पट्टा भाँचेर आज बिहान यात्रुवाहक दुर्घटना हुँदा ४३ जना घाइते भएका छन् । घाइतेमध्ये ८ जनाको अवस्था गम्भीर रहेको छ।

काँकडभिट्टाबाट दाङको लागी गएराती १ बजे खुलेको ना ८ ख ११६४ नम्बरको बस अनियन्त्रित भई पुलदेखि ८ मिटर तल खसेर पल्टिँदा बसमा सवार सबै घाइते भएका थिए। घाइतेहरूको निजगढस्थित सामुदायिक प्रसुती गृह अस्पतालमा ३४ जना र सि.टी अस्पतालमा ९ जनाको उपचार भइरहेको छ ।


प्रसुती गृहमा उपचाररतमध्ये ६ जना र सि.टी अस्पतालमा उपचाररतमध्ये २ जना गरी ८ जना बिरामीको अवस्था गम्भीर रहेको ईलाका प्रहरी कार्यालय निजगढका इन्स्पेक्टर सुमित कुश्वाहाले बताएका छन् ।

उक्त बसको अगाडिको पट्दा भाँचेर दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान रहेको तथा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।


Author

थप समाचार
x