बेलुन पड्किएर अर्थमन्त्री पौडेल र पोखराका मेयर घाइते, लगियो अस्पताल
![](https://ekagajcdn.prixacdn.net/media/albums/bishnu_paudel_r2NlV9nFwp.jpg)
फाइल तस्बिर
पोखरा- बेलुन पड्किएर उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखराका मेयर धनराज आचार्य घाइते भएका छन् ।
पोखरा भ्रमण वर्ष २०२५ को उद्घाटन गर्ने क्रममा बेलुन पड्किएर अर्थमन्त्री पौडेल र पोखरा महानगरपालिका मेयर आचार्य घाइते भएका हुन ।
भ्रमण वर्षको उद्घाटन गर्ने क्रममा पानसमा बत्ति बाल्ने क्रममा बेलुन आगोमा परेर बेलुन पड्किँदा अर्थमन्त्री पौडेल र मेयर आर्चाय घाइते भएको जनाइएको छ ।
घाइतेलाई उपचारको लागि अस्पताल लगिएको छ । विस्तृत जानकारी आउँन बाँकी रहेको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया