बागमती प्रदेश सभाको बैठक ३ बजेका लागि सर्यो
काठमाडौँ - बागमती प्रदेश सभाको बैठक ३ बजेका लागि सरेको छ । दिउँसो १ बजेका लागि बोलाइएको सभाको बैठक ३ बजेका लागि सारिएको बागमती प्रदेश सभाका सदस्य निमा लामाले जानकारी दिए ।
बुधबार एमाले मुख्य सचेतक दीपक निरौलाले प्रदेस सभा सचिवालयलाई पत्र लेख्दै एमालेको वडा अधिवेशन सुरु हुन लागेको भन्दै कार्तिक ११ गतेसम्मका लागि प्रक्रिया सारिदिन आग्रह गरेका थिए । उक्त आग्रह गठबन्धन दलहरुले नमान्ने बताएपछि बैठक ३ बजेबाट सुरु हुने प्रदेश सभा सदस्य लामाले बताए ।
मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज विश्वासको मत्त लिने तयारी छ । गत असोज २४ गते बसेको प्रदेश सभा बैठकमा शाक्यले विश्वासको मत्त लिने प्रस्ताव पेश गरेकी थिइन् । सोही दिन आज दिउँसो १ बजेका लागि बैठक आव्हान गरिएको थियो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया