प्रदेश / स्थानीय सरकार

जनप्रतिनिधि र कर्मचारीकै सेटिङमा ठेक्का

इकागज |
पुस २२, २०७८ बिहीबार ९:१३ बजे

सिरहा - सिरहाको विष्णुपुर गाउँपालिकाका जनप्रनिधि र कर्मचारीकै सेटिङमा विकास निर्माणका ठेक्का लागेको पाइएको छ । पालिकाले १६ मंसिरमा निकालेको विभिन्न निर्माणका सूचनामा सीमित ठेकेदारलेमात्र फर्म दर्ता गराउन पाउनुले यसको पुष्टि गरेको हो ।

फर्म दर्ता गराएका ठेक्केदार कम्पनीसँगको निश्चित कमिशन कर्मचारी र जनप्रतिनिधिले लिने सर्तमा फर्म बुझेको ठेकेदारहरूकै आरोप छ । जुन कम्पनीसँग बार्गेनिङमा कुरा मिलेन उनीहरूको फाइल प्रशासकीय अधिकृतको टेवलमा पुग्दासमेत दर्ता नगरेको राज कन्ट्रक्सनका प्रतिनिधि लव महतोले बाताए ।


उनले भने, ‘मैले आफै फाइल लिएर सययमै प्रशासकीय अधिकृतको टेवलमा पुर्‍याए । तर, समय सकिएको भन्दै प्रशासकीय अधिकृत रविन्द्रकुमार महतले फर्काइदिनुभयो ।’ फर्काउने क्रममा प्रशासकीय अधिकृत महतले 'तल साथीहरू छन्, त्यहीँ बसेर मिलाएर आउनुस्' अनि 'फाइल लिने/नलिने भनौंला' भन्दै फर्काएको उनले बताए । महताेले तल केही ठेकेदार बसेर तालमेल गरिरहेको पछिमात्र थाहा पाएकाे बताए ।

बिष्णुपुरले १६ मंसिरमा वडा न ५ लक्ष्मीपुर चाेकदेखि अर्नामाको सीमासम्मको सडक कालोपत्रे, जमुवाटोल देखि खोरियाटोल हुँदै नरहा गाउँपालिकाकाे सीमासम्मको सडक स्तरउन्नति र लक्ष्मीपुरदेखि थलहाकटहा कालोपत्रे सडक मर्मतका लागि टेन्डर आव्हान गरेको थियो ।

सोही सूचनाको आधारमा करिव ५० वटा कन्सट्रसनले फर्म खरिद गरेका थिए । प्रतिफर्म बुक ३ हजारको दरले खरिद गरे पनि ५ वटा कन्सट्रसनको मात्र फर्म दर्ता भएको छ । पालिकाले प्रकाशन गरेको सूचनामा योजनाको विनियोजित रकमसमेत उल्लेख गरेको छैन । सेटिङकै लागि गाउँपालिकाले योजनाको रकम उल्लेख नगरेको जानकार बताउँछन् । कुनै पनि योजनाको सूचना प्रकाशन गर्दा कामको प्रकृति र त्यसको लागत मूल्य प्रकाशन गर्नुपर्ने प्रावधान छ । तर, पालिकाले प्रावधान मिचेर सेटिङकै लागि रकम उल्लेख गरेका छैनन् ।

तोकिएका योजनाको लागि शिवम कन्सट्रसन, मनी निमार्ण सेवा, आर्दश निमार्ण सेवा , कुशवाहा ब्रोदर्श इनिजिनियर्सले फर्म दर्ता गराएको छ । दर्ता भएका फर्मको पनि कागजात पूर्ण नरहेकाले कुन योजना कसलाई परेको भन्ने प्रशासकीय अधिकृतले बताउन चाहेनन् । उनलाई फोनमा सम्पर्क गर्दा आफू कार्यालय बाहिर भएकाले कुन योजना कसलाई परेको हो भन्न सकिने अवस्थामा नरहेको बताए । न्युज कारखाना


Author

थप समाचार
x