प्रदेश / स्थानीय सरकार

तीन फरार अभियुक्त पक्राउ

इकागज |
माघ १५, २०७८ शनिबार १८:१३ बजे

सुर्खेत– जिल्ला प्रहरी कार्यालय सुर्खेतले तीन जना फरार अभियुक्तलाई पक्राउ गरेको छ । विभिन्न मुद्दामा सजाय पाई फरार रहेका अभियुक्तलाई प्रहरीको विशेष टोलीले पक्राउ गरेको हो । 

सुर्खेतको सिम्ता गाउँपालिका वडा नं. ४ का ६२ वर्षीय भद्र बहादुर सिंह, सोही गाउँपालिका वडा नम्बर ८ का ६६ वर्षीय कुशल खत्री र  सिम्ताकै वडा नम्बर ६ का ३७ वर्षीय करण नेपालीलाई प्रहरीले पक्राउ गरेको छ । सिंहलाई लागुऔषध गाँजा चरेस मुद्धामा अदालतले १० महिना १८ दिन कैद सजायको फैसला सुनाएको  थियो ।


खत्रीलाई ज्यान मार्ने उद्योग मुद्धामा जिल्ला अदालत २०५१ असार नौ को फैसला आदेशले ७ बर्ष कैद सजाय सुनाएको थियो । त्यसैगरी नेपालीलाई सार्वजनिक मुद्दामा अदालतले पाँच सय जरिवानाको  फैसला गरेको थियो। तीन जना अभियुक्तलाई पक्राउ गरी अदालतमा बुझाएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका व्रहरी निरीक्षक कनकबहादुर शाहीले जानकारी दिए । 


Author

थप समाचार
x