फोहोर व्यावस्थापन नहुँदा पोखरा विमानस्थल सञ्चालनमा ढिलाइ हुने
काठमाडौं – लगभग ६ वर्षको अवधिमा पनि पोखरा महानगरपालिकाले डम्पिङ साइटको व्यवस्थापन गर्न नसक्दा नवनिर्मित अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउन समस्या परेको छ ।
इपिसी मोडुलमा निर्माण गरिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल समयावधिमा निर्माण सम्पन्न नगर्दा निर्माणकर्ताले प्रत्येक दिनको जरिवाना तिर्नुपर्ने हुन्थ्यो । तर कोभिड महामारीका कारण समय थपियो र समयअगावै विमानस्थल हस्तान्तरण भयो ।
अहिले पोखरा विमानस्थलको काम ५ प्रतिशत मात्रै पुरा हुन बाँकी छ । विमानस्थल निर्माण कार्य १० जुलाई २०२२ भित्र पुरा गरिसक्नुपर्ने सम्झौता रहेको छ । तर २ किलोमिटरको दूरीमा रहेको डम्पिङ साइटका कारण पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तत्कालै सञ्चालनमा आउने सम्भावना कम देखिएको छ ।
बन्दै गरेको विमानस्थलमा फोहरमैलासँगै मिसिएर आएका सडेगलेको खाना र सिनोका कारण ठूलठूला चरादेखि स–साना चराहरु एकदम देखिने गरेका छन् । कतिपय समयमा ती चराहरू नवनिर्मित विमानस्थलको रनवेमा पनि देखिन्छ । चराहरूका कारण तत्कालै उडान भर्न नसकिने बुद्ध एयरले जनाएको छ । यसका
पछाडि पोखरा महानगरपालिकाको अदूरदर्शिता र पोखरावासीमात्र नभई सम्पूर्ण गण्डकी प्रदेशमाथिको कुठाराघात भएको बुद्ध एयरले जनाएको छ ।
विमानस्थल निर्माणसँगै पोखरा महानगरपालिकाले डम्पिङ साइटको उचित स्थानान्तरण र व्यवस्थापन भएको छैन । विमानस्थलको निर्माण सन् २०१६ देखि शुरु भएको थियो । लगभग ६ वर्षको अवधिमा पनि पोखरा महानगरपालिकाले डम्पिङ साइटको व्यवस्थापन गर्न नसकेको हो ।
स्थानीय चुनावको मिति नजिकिदै छ । जनप्रतिनिधिहरू अब चुनावमा केन्द्रित हुँदैछ । अब चुनिने पोखरा महानगरपालिकाका प्रतिनिधिहरूले यसलाई प्रमुख मुद्दा बनाई डम्पिङ साइट तत्कालै स्थानान्तरणमा मुख्य भुमिका खेल्नु पर्ने बुद्ध एयरले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया