दुई वर्षअघि ट्रायथलनमा हाफ बनेका आलोक नेपालकै पहिलो 'फुल आइरन म्यान'
संसारकै कठिन मानिने खेल १३ घण्टा ४७ मिनेटमा पूरा
काठमाडौँ- नेपालका आलोक खत्री जर्मनको फ्रयांकफर्टमा भएको ट्रायथलनमा सहभागी भइ 'फुल आइरन म्यान' भएका छन् । काठमाडौँ बुढानिलकण्ठ नगरपालिकाका आलोकले ३ दशमलव ८६ किलोमिटर पौडी, ४२ दशमलव २ किलोमिटर र १८० दशमलव २ किलोमिटर दूरी साइकलमा पार गरेका हुन् ।
खेल समयावधि अघि उनले आफ्नो खेल पूरा गरेका थिए । उक्त खेलको पूरा समय १५ घण्टा हुने गर्छ । खत्री नेपालको पहिलो 'आइरन म्यान'को रुपमा परिचित छन् । सन् २०१९ मा ट्रायथलन मलेसियामा उनी सहभागी भएर 'हाफ आइरन म्यान' भएका थिए । यसपटक भने उनी 'फुल' आइरन म्यान भएका छन् ।
३१ वर्षीय खत्री यसपटक जर्मनमा भएको पूरा ट्रायलथानमा पनि सहभागी भए । उनले सम्पूर्ण रेस हिजो मात्र पार लगाएका हुन् ।
उनले तीन वटै खेल १३ घण्टा ४१ मिनेट ५७ सेकेण्डमा पूरा गरेका थिए । पौडी १ घण्टा ३३ मिनेट १४ सेकेण्ड, साइकल रेसिङ ६ घण्टा ३६ मिनेट १५ सेकेण्ड र ५ घण्टा १२ मिनेट ४४ सेकेण्डमा दौड पूरा गरे । यो खेललाई संसारकै कठिन खेल मान्ने गरिन्छ । एकै दिनमा तीनै खेल खेल्नुपर्ने हुन्छ ।
आलोकले भारत र अमेरिकाका प्रशिक्षकसँग अनलाइनबाट तालिम लिने गरेका थिए । भारत र नेपालका प्रशिक्षकसँग उनले नौ महिनासम्म तालिम लिएका थिए । साइकल रेसिङमा उनले आफ्नै साइकल प्रयोग गरेका थिए । उनले नेपालबाट साइकल लिएर गएका थिए ।
उनले प्रयोग गर्ने साइकलका लागि भने नेपालको सडक संरचना राम्रो नभएको बताइएको । समय-समयमा साइकल पन्चर भइरहँदा प्रशिक्षणका क्रममा उनलाई कठिन भएको थियो । यसपटकको 'फुल आइरन म्यान' खेलमा विश्वभरका पाँच हजार खेलाडी सहभागी भएका थिए ।
सन् १९७८ मा आइरन म्यान' खेल पहिलोपटक अमेरिकामा भएको थियो । अमेरिकी नौ सेना कमाण्डर जोन कोभिन्स र उनको श्रीमतीले सुरु गरेका थिए । पहिलो कार्यक्रममा अमेरिकाको हवाईमा १५ जना खेलाडीहरूको सहभागिता रहेको थियो । त्यसबेलादेखि 'एनिथिङ इज पोसिबल' नारासहित मानवको बाधा हटाउन यो खेल सुरु भएको हो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया