फिचर

बोरुसिया डर्टमन्ड : युवा खेलाडीको सपना कि ठूलो क्लब पुग्‍ने बाटो ?

जोनाथन लिउ |
असोज २०, २०७७ मंगलबार १३:५८ बजे

जर्मनीको पहिलो श्रेणीको फुटबल लिग बुन्डेसलिगा ठूला युरोपियन लिगमध्य युवा प्रतिभालाई मौका दिनेमा सबैभन्दा उदार मानिन्छ । त्यसमाथि सो लिग खेल्ने बोरुसिया डर्टमन्ड युवा प्रतिभालाई स्टारमा परिणत गर्ने क्लबको रुपमा परिचित नै छ । विश्वव्यापी स्काउटिङ नेटवर्क अनि युवा प्रतिभालाई निखार्ने प्रशिक्षक डर्टमन्डका बलिया पक्ष हुन् । डर्टमन्डले बिगतमा रोबर्ट लेवेन्डोस्की, र्माको रुइस जस्ता प्रतिभाहरुको पहिचान गरी  तिनलाई विश्वस्तरको खेलाडी बनाएको छ । ति खेलाडीहरुलाई डर्टमन्डले सानै उमेरमा अनुबन्धन गरी निखार्ने काम गर्‍यो । डर्टमन्डको त्यो सिलसला ऐले पनि जारी छ ।

हाल ज्युड बेलिङहम र जियो रेना जस्ता खेलाडीहरु डर्टमन्डको आक्रमण सम्हाल्छन् । प्रत्येक हप्ता गोल गर्ने अनि साथि खेलाडीका लागि एसिस्ट उपलब्ध गराउछन् । डर्टमन्डले पछ्याउन थाल्दा उनीहरु १४ वर्षका मात्र थिए । त्यस्तै डर्टमन्डका लागि निरन्तर गोल गरिरहेका एर्लिङ हालान्ड सन् २०१६ देखि नै जर्मन क्लबको स्काउटिङ सूचीमा थिए । डर्टमन्डले युवा खेलाडीलाई कसरी पहिचान गर्छ त ? युरोपभर हुने उमेर समूहका लिगहरुमा बढी भन्दा बढी स्काउट परिचालन गरेर ।


सुरुमा युवा खेलाडी पहिचान गरिन्छ । क्लब स्काउटहरुले उसको धेरै भन्दा धेरै खेलहरु हेर्छन् । त्यसपछि क्लबले खेलाडीको अभिभावक र एजेन्टलाई खेलाडीमाथिको आफ्नो रुचि व्यक्त गर्छ । खेलाडीका लागि क्लबका जर्सीलगायतका मर्चनडाइस उपहारका रुपमा उपलब्ध गराइन्छ । साथमा बुन्डेसलिगामा क्लबको खेल हेर्ने निम्तो पनि दिइन्छ ।

डर्टमन्डको रगंशाला सिग्नल इडुना पार्क । अनि त्यहाँ सर्मथकहरुको यल्लो वाल र खेल दौरान हुने गर्जन । जोसुकै फुटबल पे्रमी इडुना पार्कको वातावरणले मोहित हुन्छ । किशोर फुटबलरहरु मोहित नहुने कुरै भएन । ठूला युरोपियन क्लबहरु बिच उत्कृष्ट किशोर फुटबलरहरुलाई आफुतिर तान्ने होडबाजी नै चलिरहेको छ । त्यस दौरानमा ठुलै पैसाको खेल पनि हुन्छ । कतिपय क्लबले खेलाडीलाई घर देखी परिवारका सदस्यलाई जागिर दिने सम्मका प्रस्ताब राख्छन् ।

युवा खेलाडी विकास गर्ने नीतिले डर्टमन्डलाई विश्व फुटबलमा बेग्लै परिचय बनाउन सहयोग गरेको छ । सानो रकममा युवा खेलाडी किन्ने, उसलाई मौका दिने, स्टार बनाउने र ठुलो रकममा बेच्ने । डर्टमन्डको यो शैलीले प्रत्येक वर्ष उसलाई ठूलो आर्थिक लाभ गराउँछ ।

डर्टमन्डले पनि त्यस्तै गर्छ त ? डर्टमन्डका निर्देशक माइकल जोर्क त्यस्तो आरोपलाई इन्कार गर्छन् । ‘डर्टमन्डमा युवा खेलाडीलाई पैसाको लालच देखाइँदैन । हामी युवा खेलाडीको विकासमा कसरी काम गर्छौ त्यसबारेमा उनीहरुलाई बुझाउँछौं । डर्टमन्डले युवा खेलाडीलाई सधै मौका दिँदै आएको छ । हाम्रोबारेमा प्रत्येक हप्ता हुने खेलका लागि तयार गरिने टिमले बोल्छ । जहाँ युवा खेलाडीको बाहुल्यता हुन्छ,’ जोर्कले भने ।

बेलिङहम डर्टमन्ड आउनुअघि एक सिजनमात्रै बर्मिङहमको सिनियर टिममा रहे । त्यो पनि इङलिस फुटबलको दोस्रो श्रेणीको लिगमा । डर्टमन्डका लागि उनको डेब्यु खेल शहरी प्रतिद्धन्द्धी बोरुसिया मन्चुनग्लाडबागका विरुद्ध । क्लबका लागि उनको पहिलो खेल सम्झनलायकको रह्यो । १७ वर्षीय बेलिङमहमले अर्का १७ वर्षीय रेनाका लागि एसिस्ट गरे । दोस्रो हाफमा २० वर्षीय हालान्डले थप दुई गोल गर्दै डर्टमन्डलाई जिताए । हालान्डका लागि गोल गर्न पास मिलाउने अर्का युवा खेलाडी थिए, जेडन सान्चो । उनी पनि २० वर्षकै छन् । डर्टमन्डको आक्रमण सम्हाल्ने खेलाडीहरुको सरदर (एभरेज) उमेर १८ वर्ष ११ महिना छ । उनीहरु युरोपका ठूला क्लबहरको राडरमा छन् ।

युवा खेलाडीहरुलाई युरोपका ठूला क्लबमा मौका पाउन सजिलो छैन् । राम्रा भनिएका प्रतिभाहरु पनि बेन्चमा सिमित हुन्छन् । कतिपय त सिनियर टीमसम्मै आइपुग्दैनन् । बेलिङहम र हालान्ड डर्टमन्ड आउनुअघि म्यानचेस्टर युनाइटेडको नजरमा थिए । रेनालाई बार्यन म्युनिखले अनुबन्धन गर्न खोजेको थियो ।

त्यस्तै सान्चोले म्यानचेस्टर सिटीमा सिनियर टीमका लागि खेल्ने मौका नपाउँदा २०१७ मा जर्मनी आए । यी खेलाडी डर्टमन्डप्रति किन आकर्षित भए भने डर्टमन्ड युवा खेलाडीहरुका लागि विश्वविद्यालय जस्तै हो । जसले खेलाडीको विकासमा काम गर्छ, खेल्ने मौका दिन्छ । त्यो पनि उपल्लो स्तरको प्रतियोगितामा । 

युवा खेलाडी विकास गर्ने नीतिले डर्टमन्डलाई विश्व फुटबलमा बेग्लै परिचय बनाउन सहयोग गरेको छ । सानो रकममा युवा खेलाडी किन्ने, उसलाई मौका दिने, स्टार बनाउने र ठुलो रकममा बेच्ने । डर्टमन्डको यो शैलीले प्रत्येक वर्ष उसलाई ठूलो आर्थिक लाभ गराउँछ । डर्टमन्डले ओसमान डेम्बेलेलाई साढे १३ मिलियन पाउन्डमा किन्यो । एक वर्षपछि बार्सिलोनाले फ्रेन्च फरवार्डलाई एक सय २४ मिलियन पाउन्ड हालेर अनुबन्ध गर्‍यो । त्यस्तै क्रिस्टियन पुलिसिच १६ वर्षको हुँदा डर्टमन्ड आएका थिए । उनी २१ वर्ष पुगेपछि चेल्सीतिर लागे । डर्टमन्डले अमेरिकी फरवार्डलाई बेचे बापत ५८ मिलियन पाउन्ड कमायो । सान्चोलाई सन् २०१७ मा सिटीबाट खरिद गर्दा डर्टमन्डले आठ मिलियन पाउन्ड खर्च गरेको थियो । अहिले उनलाई कुनै पनि क्लबले किन्न चाहे कम्तिमा एक सय मिलियन पाउन्ड खर्च गर्नुपर्नेछ ।

डर्टमन्डले धेरै युवा खेलाडीलाई खरिद गरी स्टार बनाएको छ । तर सबै खेलाडीमा उस्तै सफलता भने पाएको छैन् । तर उनीहरुलाई बेच्दा घाटा पनि खाएको छैन । डर्टमन्डले डेनिस खेलाडी ज्याकोब बुरनलारसेनलाई सन् २०१५ मा ठुलो अपेक्षासहित खरिद गर्‍यो । तर उनको विकास भने जस्तो गतिमा अघि बढेन । फलत आधा मिलियन भन्दा कममा खरिद गरिएका उनलाई आठ मिलियन पाउन्डमा बुन्डेसलिगाकै होफेनहाइनलाई बेचियो । त्यस्तै एस जिन्टरले अपेक्षित प्रर्दशन नगरेपछि डर्टमन्डले उनलाई ७० प्रतिशत नाफा गर्दै मन्चुनग्लाडबागलाई बेच्यो । उमेर समूहको फुटबलमा जम्दै गर्दा एम्रे मोरलाई टर्किस मेस्सी भनिन्थ्यो । युरोपियन फुटबलमा प्रतिभावान युवा खेलाडीलाई सधै नजिकबाट नियालिरहने डर्टमन्डले मोरलाई नौ मिलियन पाउन्डमा किन्यो । तर मोर डर्टमन्डमा एक सिजनभन्दा धेरै टिकेनन् । स्पेनिस क्लब सेल्टा भिगोले उनलाई १२ मिलियन पाउन्डमा खरिद गर्‍यो ।   

म्यानचेस्टर युनाइटेडको २० वर्षीय इङलिस स्टार सान्चोमाथिको रुचीले दुइ वटा प्रश्न सिर्जना गर्‍यो । पहिलो, युनाइटेड विश्व फुटबलकै उत्कृष्ट खेलाडीमध्यको एक सान्चोलाई अनुबन्धन गर्न सक्षम छ ? दोस्रो, के डर्टमन्डले युनाइटेडको जुनसुकै प्रस्ताव पनि अस्वीकार गर्न सक्छ ?

डर्टमन्डको युवा खेलाडी पहिचान र खरिद गर्ने शैली अरु धेरै क्लबले नक्कल गर्न खोजे । त्यसका लागि डर्टमन्डका स्काउटहरु आफ्नो क्लबमा भित्र्याउन प्रयास त गर्ने नै भए । रियल म्याड्रिड, आर्सनल, लेस्टर सिटी, लिललगायतका क्लबहरुले डर्टमन्डका स्काउटहरु नभित्र्याएका होइनन् । तर सफल शैलीको नक्कल गर्न कहाँ सजिलो छ र ! डर्टमन्डको शैली फुटबलमा एउटा चक्र हो । क्लबले प्रतिभाशाली युवा खेलाडी पाउँछ । खेलाडीले खेल्ने मौका र खेल सम्बन्धि शिक्षा अनि समर्थकहरुले उत्कृष्ट फुटबलक खेलको मज्जा । अन्त्यमा सबैको जित । 

सन् २०१२ यता डर्टमन्डले खेलाडी बिक्रिबाट तीन सय ७८ मिलियन पाउन्ड कमायो । बिक्रि भएका खेलाडीहरु २१ वर्ष भन्दा कम उमेरको हुँदा डर्टमन्ड आएका थिए । खेलाडी खरिद बिक्रिमा अब्बल देखिएको डर्टमन्डले मैदानमा भने त्यही स्तरको उपलब्धि हासिल गर्न सकेको छैन् । सन् २०१२ पछि डर्टमन्डले जर्मन फुटबलमा एउटा कप मात्र जित्यो पटक च्याम्पियन्स लिगको फाइनलसम्मको यात्रा गर्न सफल रह्यो । घरेलु फुटबलमा बार्यन म्युनिखको दबदबा डर्टमन्डले चिर्न सकेन । के डर्टमन्ड मोडल सफल भएको छ ? कि डर्टमन्ड खेलाडीका लागि ठूला युरोपियन क्लबसम्म पुग्ने बाटो मात्र बनेको छ ? अथवा डर्टमन्डको परिचय भनेको ठूला क्लबलाई खेलाडी उपलब्ध गराउने मध्यमस्तरको क्लबमा मात्र सिमित हो ? सायद दुबै सहि हो । तर फेरि प्रश्न उही । डर्टमन्ड सफल क्लब भए के अर्थमा सफल हो त ? एउटा फुटबल क्लबको उदेश्य के हुन्छ ? डर्टमन्ड मोडलको सकारात्मक पक्षहरु धेरै छन् । डर्टमन्डको प्रशंसा गरिरहँदा खेलाडी खरिद बिक्रिमा प्राप्त सफलतामा मात्र सिमित हुनु हुँदैन । खेल शैली, प्रतिभाशाली युवा खेलाडीहरुको विकास, युवा खेलाडीलाई गरिने विश्वास र उनीहरुलाई दिइने मौका । यी सबै कुराहरु डर्टमन्ड सम्मान स्तर भएका क्लबहरुका लागि सजिलो कुरा होइन ।   

सन् २००० मा डर्टमन्डलाई आर्थिक सङ्कट आइपर्‍यो । क्लब नै झन्डै बन्द हुने अवस्थामा पुग्यो । तर जब माइकल जोर्क र हान्स योकिम वाज्के क्लब सम्हाल्न आइपुगे तब क्लबको अवस्था फेरिन थाल्यो । अनि क्लबको खेलाडी पहिचान र अनुबन्धन गर्ने शैली पनि । फलत, र्योगेन क्लोपले डर्टमन्डलाई लिग जिताउँदा खेलाडीहरुको सरदर उमेर २३ वर्ष थियो ।

लिग जिताएको गोल्डन जेनेरेसनलाई डर्टमन्डले बिस्तारै विदा गर्दै युवा खेलाडी भित्र्यायो । यसपटक डर्टमन्डका स्काउटहरु खेलाडी पहिचानका लागि झन टाढा-टाढासम्म पुगे । डर्टमन्ड अहिले प्रत्येक वर्ष ठूलो सङ्ख्यामा खेलाडी किनबेच गर्छ । प्रत्येक सिजनको सुरुवातमा डर्टमन्डको टीम आधा नयाँ हुन्छ । उसले आफुलाई खेलाडी बेच्ने क्लबका रुपमा चिनाउँदै गइरहेको छ । तर प्रत्येक सिजन आधा नयाँ अनुहार लिएर लिग सुरु गर्ने क्लबले कसरी उपाधि माथि आफ्नो दाबेदारिता प्रस्तुत गर्नसक्छ ? बार्यनका पुर्व अध्यक्ष उलि होइनेस डर्टमन्डको आफ्नै नीतिले उसलाई उपाधि जित्नबाट बञ्चित गरिरहेको जिकिर गर्छन् । डर्टमन्डले युवा खेलाडी खरिद गर्छ । तर त्यो खेलाडीलाई पहिला नै थाहा हुन्छ कि म भविष्यमा जुनसुकै बेला पनि बेचिनसक्छु । यस्तो अवस्थामा कसरी त्यो खेलाडी क्लबमा भिज्न सक्छ ? जब खेलाडी क्लबमा भिजेको हुँदैन भने उसले क्लबका लागि शतप्रतिशत दिन सक्दैन । डर्टमन्डले क्लबमा राम्रा खलाडीलाई लामो समयसम्म राख्ने नीति नल्याउने भने उसको उपाधि माथिको दाबी सधै कमजोर नै रहनेछ,’ उनले भनेका थिए । त्यसै पनि होइनेसलाई डर्टमन्डका सर्मथकहरुले मन पराउँदैनन् ।

र्डटमन्डका प्रबन्ध निर्देशक र्कास्टेन क्रेमरले सन् २०१८ मा फाइनान्सियल टाइम्सलाई अन्तरवार्ता दिँदै आफ्नो क्लबलाई जर्मनीमा पहिलो नम्बरको क्लब बन्न दवाब नरहेको बताएका थिए । उनको भनाइले डर्टमन्ड बार्यनको छायाँमा रहने अवस्थालाई बिश्लेषण गर्छ ।

म्यानचेस्टर युनाइटेडको २० वर्षीय इङलिस स्टार सान्चोमाथिको रुचीले दुइ वटा प्रश्न सिर्जना गर्‍यो । पहिलो, युनाइटेड विश्व फुटबलकै उत्कृष्ट खेलाडीमध्यको एक सान्चोलाई अनुबन्धन गर्न सक्षम छ ? दोस्रो, के डर्टमन्डले युनाइटेडको जुनसुकै प्रस्ताव पनि अस्वीकार गर्न सक्छ ?

सान्चोको डर्टमन्डसँगको करारमा दुइ वर्ष अझै बाँकी छ । सान्चोलाई क्लबमा राखेर डर्टमन्डले अब हामीलाई स्टार बेचिरहनुपर्ने आवश्यकता छैन भन्ने सन्देश दिन सक्छ ? या कोभिडबाट प्रभावित फुटबल बजारमा सान्चोलाई ठूलो रकममा बेचेर अरु युवा खेलाडी पहिचान गरी उनीहरुमा लगानी गर्छ ? त्यसो त डर्टमन्डको एकेडेमीबाट प्रतिभाशाली युवा खेलाडीहरु आउने क्रम जारी नै छ । युसुफ मौकोको (१५), ब्राडली फिन्क (१७), इम्मानुएल फेराइ (१९), लगायतका खेलाडीहरुले आउँदा सिजनहरुमा डर्टमन्डमा मौका पाउने अपेक्षा गरिएको छ । डर्टमन्डले हालसालै म्यानचेस्टर सिटीबाट जेमी गिटन्स नाम गरेका किशोर खेलाडी अनुबन्धन गरेको छ । १६ वर्षीय ति फरर्वाडलाई नयाँ सान्चोको नाम दिइएको छ । यो डर्टमन्डमा चल्ने चक्र हो । एउटा युवा स्टार बाहिरिदा अर्को भित्रिने । र यो सिलसिला त्यति सजिलै अन्त्य हुने छैन । (दि गार्डियनमा प्रकाशित लेख प्रबिनबिक्रम कटवालले अनुवाद गरेका हुन)


Author

थप समाचार
x