फिचर

कस्तो प्रशिक्षक बन्‍लान पिर्लो ?

इकागज |
असोज १५, २०७७ बिहीबार १३:२९ बजे

जब युभेन्टसले माउरीजो सारीलाई बर्खास्त गर्दै पूर्व खेलाडी आन्द्रे पिर्लोलाई प्रशिक्षक बनाउने घोषणा गर्‍यो तब क्लबका  युभेन्टस स्पोर्टिङ निर्देशक फाबियो पाराटिसीको रोचक बयान आयो । ‘पिर्लो युभेन्टसका लागि प्राकृतिक नियुक्ति हुन् । उनी हाम्रो क्लबका लागि मिल्दा व्यक्तित्व हुन्,’ प्रशिक्षक परिर्वतनको बखतमा पाराटिसीको बयान थियो ।

अब पछिल्लो शताब्दीमा फर्किउ । सन् १९७६ मा युभेन्टसले ३७ वर्षीय जियोभानी ट्रापाटोनीलाई प्रशिक्षक बनाउने घोषणा गर्‍यो । इटालीमा देशकै सर्वाधिक सफल क्लब युभेन्टसको त्यो निर्णयलाई जुवासँग तुलना गरियो । सायद पाराटिसी पिर्लोको नियुक्तीलाई ट्रापाटोनीसँग तुलना गर्न चाहन्छन् । ‘आन्द्रे फुटबलको हस्ती बन्न जन्मेका हुन् । खेलाडीका रुपमा उनी महान रहे । उनी प्रशिक्षकका रुपमा पनि सोही उचाईमा पुग्न सक्छन् भन्ने हाम्रो ठम्माई हो,’ उनले भने । तर पिर्लोले कहिले पनि प्रशिक्षक बन्ने सपना बुनेका थिएनन् । उनको आत्मकथा पढ्ने जो सुकैले पनि यो थाहा पाएको हुनुपर्छ । ‘प्रशिक्षण पेशाप्रति मेरो कुनै आकर्षण छैन् । प्रशिक्षक र खेलाडीको जीवन लगभग उस्तै हुन्छ । मैले खेलाडीका रुपमा धेरै वर्ष बिताए । अब फरक तरिकाले बाँकि जीवन बिताउन चाहान्छु ।’ पिर्लोले भनेका थिए ।


पिर्लोको आत्मकथा सन् २०१३ मा आयो । उनले त्यसको ठिक चार वर्षपछि सन्यास लिए । अनि त्यसपछिका वर्षहरुमा पिर्लोको सोच बदलियो । सन्यास लिएपछि खेलाडीहरु फुटबल मिस गर्न थाल्छन् । अनि ट्रेडिङ ग्राउन्डको दुबोदेखि रगंशालामा सर्मथकहरुको गर्जनसम्म, सायद पिर्लोलाई पनि त्यही भयो । पिर्लो खेलाडीका रुपमा सक्रिय रहँदै उनी कुनै दिन प्रशिक्षक बन्नेछन् भन्ने अनुमान गर्नेको कमी थिएन ।

पिर्लोका साथी पाउलो माल्दिनीले भनेका छन्,‘पिर्लो सधै प्रशिक्षक बन्न लायकका व्यक्तिका रुपमा रहँदै आएका थिए । मैले उनीसँग बिगत दुई वर्षदेखि कुराकानी गर्दै आएको छु । खेल प्रतिको उनको विचार सधै परिस्कृत हुँदै आएको महसुस गरेको छु । कस्तो प्रकारको प्रशिक्षक बन्ने भन्नेमा उनी पहिलेबाटै प्रस्ट थिए ।' पिर्लो प्रशिक्षक बन्नु अघि इटालीकै प्रशिद्ध प्रशिक्षण स्कुल कभरसियानोमा भर्ती भए । त्यहाँको लेक्चर अनि पार्माका तत्कालिन प्रशिक्षक रोर्बट डी अभर्साको प्रशिक्षण शैलीले पिर्लोलाई मोहित पार्‍यो । त्यो क्षणबाट पिर्लोले प्रशिक्षक बन्ने निधो गरे । ‘राती सपनामा पनि म खेलाडीहरुको पोजिसन मिलाइरहेको हुन्थे,’ पिर्लो बिगतका दिन सम्झिन्छन् ।

क्रोएसिएन क्लब हाडुक स्पिलिटको जागिर छाडेर पिर्लोलाई सघाउन युभेन्टस आएका छन् । उनको जिम्मेवारी युभेन्टसको रक्षापङ्तीलाई थप बलियो बनाउने रहेको छ । त्यस्तै फिटनेस कोच पाउलो र्बेटेली पनि युभेन्टस फर्किए । उनी युभेन्टसका पुर्व प्रशिक्षक एन्टोनियो कोन्टेसँगै सन् २०१४ मा क्लबबाट बाहिरिएका थिए । पिर्लोलाई सघाउन आएका अर्का व्यत्ति हुन् रोर्बटो बारोनियो । यी दुइले सँगै अण्डर २१ युरोपियन च्याम्यिनसिप जितेका थिए । उनीहरु दुई राम्रा साथी पनि हुन् ।  पिर्लोका सहायकका रुपमा कभरसियानोमा प्रशिक्षकका रुपमा कार्यरत एन्टोनियो गाग्लियार्डी पनि युभेन्टस आइपुगेका छन् ।

इटालियन फुटबलमा सिरी ‘सी’ भनेको तेस्रो श्रेणीको लिग हो । युभेन्टसको अण्डर-२३ को टिम सोही लिग खेल्छ । पिर्लोले प्रशिक्षण करियरको सुरुवात सिरी ‘सी’ र युभेन्टस अण्डर-२३ बाट गर्ने भए । युभेन्टसका अध्यक्ष आन्द्रे आग्नेलीले पिर्लोलाई ‘युभेन्टसको आशा’ भन्ने नाम दिन भ्याए । ‘पिर्लो अर्को जिनेदिन जिदान वा पेप गर्डिओला बन्न सक्छन् । तर उनले त्यस्तै उच्च करियर प्राप्तिका लागि ठुला चुनौतीहरुका सामना गर्नुपर्नेछ जुन पिर्लो आफैले पनि स्वीकार गरेका छन् ।’ आग्नेलीले भनेका थिए । भनिन्छ फुटबलमा एक हप्ता भनेको लामो समय हो । पिर्लो युभेन्टस अण्डर-२३ टोलीको प्रशिक्षक बनेको एक हप्ता नबित्दै सारी युभेन्टसमा रहने नरहने भन्ने बिषय इटालियन मिडियामा छाउन थाल्यो । त्यसैबीच एउटा सनसनिपुर्ण खबर आयो । पिर्लोलाई युभेन्टस प्रशासनले बैठकमा डाकिएको बारेमा ।

पिर्लोलाई बैठकमा युभेन्टसको प्रशिक्षकको जिम्मेवारी लिन भनियो । पिर्लोलाई प्रशिक्षक बन्न गरिएको प्रस्ताव क्लबको च्याम्पियन्स लिगको प्रर्दशनबाट प्रेरित थियो । उनलाई बैठकमा डाक्नु २४ घण्टा अगाडी युभेन्टस च्याम्पियन्स लिगको अन्तिम १६ मा लियोनसँग पराजित भएको थियो । 'मलाई प्रस्ताव सुनेपछि निर्णय लिन धेरै समय लागेन । मलाई पुर्ण विश्वास थियो कि म सही समयमा सही ठाउँमा छु । मैले अरु केही सोच्न आवश्यक थिएन ।’ त्यतिबेला पिर्लोले भनेका थिए । पिर्लोको नियुत्तिसँगै युभेन्टसका सिनियर खेलाडीहरुले सामाजिक सञ्जालमा खुशी मनाए । जियानलुइजी बुफोन, जर्जियो चिलेनीलगायतका हस्तिहरुको प्रतिक्रिया हेर्न लायकको थियो ।

पिर्लो युभेन्टसको प्रशिक्षक बनेपछि उनका साथी तथा क्लबका कप्तान चिलेनीले ठट्टा गर्दै भने ‘पिर्लो आफ्नो समयको महान खेलाडी हो । उसको खेल कौशलदेखि दुनिया अवाक थियो । तर उसले प्रशिक्षक भएपछि आफ्ना खेलाडीबाट सोही किसिमको कुशलताको अपेक्षा गर्नु हुदैन । उसको जस्तो पास मिलाउने क्षमता अरु खेलाडीको हुदैन् ।' पिर्लोले आफ्नो जस्तै ‘भिजन’ भएकालाई सहायक बनाएका छन् । इगोर टुडोर युभेन्टसका पुर्ब डिफेन्डर हुन् । क्रोएसिएन क्लब हाडुक स्पिलिटको जागिर छाडेर पिर्लोलाई सघाउन युभेन्टस आएका छन् । उनको जिम्मेवारी युभेन्टसको रक्षापङ्तीलाई थप बलियो बनाउने रहेको छ । त्यस्तै फिटनेस कोच पाउलो र्बेटेली पनि युभेन्टस फर्किए । उनी युभेन्टसका पुर्व प्रशिक्षक एन्टोनियो कोन्टेसँगै सन् २०१४ मा क्लबबाट बाहिरिएका थिए । पिर्लोलाई सघाउन आएका अर्का व्यत्ति हुन् रोर्बटो बारोनियो । यी दुइले सँगै अण्डर २१ युरोपियन च्याम्यिनसिप जितेका थिए । उनीहरु दुई राम्रा साथी पनि हुन् ।  पिर्लोका सहायकका रुपमा कभरसियानोमा प्रशिक्षकका रुपमा कार्यरत एन्टोनियो गाग्लियार्डी पनि युभेन्टस आइपुगेका छन् । उनी इटाली फुटबल संघमा ‘म्याच एनलिस्ट’ का रुपमा समेत काम गरिरहेका थिए ।

पिर्लोले युभेन्टसको जिम्मेवारी बहन सुरु गरिसकेपछि कस्तो शैलीको फुटबल खेलाउने भन्ने जनाउ दिइसकेका छन् । उनको सहायकहरुको सूचीले पनि । पिर्लोलाई विश्व फुटबलमा नाम कमाएका प्रशिक्षक र उनीहरुको नेतृत्वमा खेलेका क्लबहरुले प्रभावित पारेका छन् । योहान क्रुफ र पेप गर्डिओला रहँदाको बार्सिलोना, लुई भान रहँदाको आयाक्स, कार्लो एनसिलोट्टी रहँदाको एसी मिलान र कोन्टे रहँदाको युभेन्टस । यी प्रशिक्षकहरुले ती टीमहरुमा छँदा खेलाएको फुटबल पिर्लो अनुसरण गर्न चाहन्छन् ।

पिर्लोले युभेन्टसमा पहिलो दिनको अभ्यासमा खेलाडीसँग कुरा गर्दै उनीहरुलाई दुई कुरामा ध्यान दिन भनेका थिए । पहिलो, बल नगुमाउने । दोस्रो, बल गुमाए विपक्षीबाट तत्कालै खोस्न प्रयास गर्ने । पिर्लोले आफ्नो लेखमा लेखेका छन् , ‘राम्रा टीमहरुले एउटा खेलमा करिब ३०-३५ पटक विपक्षीबाट बल खोस्ने प्रयास गर्छन् । र त्यसमा उनीहरुको सफलताको दर ७० प्रतिशतसम्म हुने गरेको छ ।

पिर्लोका सहायक गाग्लियार्दी आफ्ना बोस जस्तै टोटल फुटबलका हिमायती हुन् । उनी ऐलेको आधुनिक फुटबलमा खेलाडीहरु कुनै एक ‘पोजिसन’मा मात्र सिमित हुन नहुने मान्छन् । ‘फुटबल परिर्वतन हुँदैछ । खेलाडी कुन पोजिसनमा खेल्छ भन्दा पनि के भूमिका निर्वाह गर्न सक्छ भन्ने कुरा महत्वपुर्ण हो । ट्रेन्ट एलेक्जेन्डर आर्नोल्ड जस्ता फुलब्याकहरु आजकल प्लेमेकरको भूमिका निर्वाह गर्नसक्छन् । कतिपय ‘सिस्टम’मा विङगरहरु स्ट्राइकर जस्तै गोल हान्छन् । ऐलेका प्रशिक्षकहरु ‘स्किलफुल’ खेलाडीहरुलाई स्वतन्त्रपूर्वक खेल्न दिन्छन् । आर्नोल्ड ‘स्किलफुल’ छन् । त्यसकारण उनी कतिपय अवस्थामा फुलब्याक होईन टिमको मुख्य ‘क्रिएटर’ जस्तो देखिन्छन्,’ उनी भन्छन् । पिर्लो विश्व फुटबलमा खेल शैली परिवर्तन हुँदै गएको मान्छन् । खेलाडीहरु खेल दौरान विपक्षीको अवस्था बुझ्ने र तत्काल ‘रियाक्ट’ गर्न सक्ने हुनुपर्ने उनी मान्छन् ।

अरु इटालियन प्रशिक्षक जस्तै पिर्लो पनि फुटबलको चार सिद्धान्तलाई मान्छन् । खेलको ‘बिल्ड-अप’, ‘विङग्स’को प्रयोग, ‘फाईनल-थर्ड’मा विपक्षीलाई प्रेसर र लामो पास । युरोपियन क्लब फुटबलमा ‘हाई प्रेसिङ’ खेल सबैको रोजाई हो । लिभरपुल र बार्यन म्युनिख जस्ता क्लबहरुको ‘हाई प्रेसिङ’ खेलले पिर्लोलाई प्रभावित गरेको छ । उनले आफ्नो पहिलो पत्रकार सम्मेलनमा युभेन्टसले ‘हाई प्रेसिङ’ फुटबल खेल्न प्रयास गर्ने बताएका थिए ।

पिर्लोले युभेन्टसमा पहिलो दिनको अभ्यासमा खेलाडीसँग कुरा गर्दै उनीहरुलाई दुई कुरामा ध्यान दिन भनेका थिए । पहिलो, बल नगुमाउने । दोस्रो, बल गुमाए विपक्षीबाट तत्कालै खोस्न प्रयास गर्ने । पिर्लोले आफ्नो लेखमा लेखेका छन् , ‘राम्रा टीमहरुले एउटा खेलमा करिब ३०-३५ पटक विपक्षीबाट बल खोस्ने प्रयास गर्छन् । र त्यसमा उनीहरुको सफलताको दर ७० प्रतिशतसम्म हुने गरेको छ । सरदरमा उनीहरु पाँच सेकेन्डभित्रमा विपक्षीबाट बल खोस्न सफल हुन्छन् ।’

पिर्लो आफुले चाहेको जस्तो खेल खेलाउन मिडफिल्डरहरुको भूमिका बिशेष हुने मान्छन् । युभेन्टसले पिर्लो आएपछि अनुवन्धन गरेका खेलाडीहरु उनले चाहे जस्तै ‘डाईनमिक’ छन् । जर्मन क्लब साल्काबाट इटालियन लिग च्याम्पियन आएका युवा मिडफिल्डर वेस्टन म्याककेन्नी ‘हाई प्रेसिङ’ खेलमा माहिर मानिन्छन् । उनलाई खेल कौशलका आधारमा युभेन्टसका लेजेण्ड पाबेल नेदभेदसँग तुलना गरिन्छ । त्यस्तै सिरी ‘ए’ मा उत्कृष्ट युवा खेलाडी घोषित डेयान कुलुसेभ्सकी पनि पिर्लोको प्रशिक्षणमा खेल्न पार्माबाट युभेन्टस आएका छन् । २० वर्षीय स्विडिस विङगरले पार्माका लागि १० गोल गर्दै नौ एसिस्ट दिएका थिए । तर गोल गर्नु र पास मिलाउनु मात्र उनको खुबी होइन । ‘प्रेसिङ गेम’ र जुनसकै आक्रमक पोजिसनमा खेल्न सक्नु उनको अर्को परिचय हो । पुर्व प्रशिक्षक सारी पनि युभेन्टसमा ‘हाई प्रेसिङ’ खेलमै जोड दिन्थे । तर उनको शैली भन्दा पिर्लोको कति पृथक हुनेछ भन्ने हेर्न बाँकी छ । फुटबल व्यवस्थापनमा ‘ट्याक्टिस’ मात्र सबैथोक होइन । प्रशिक्षकहरुको खेल प्रतिको प्राविधिक अवधारणा सुन्दा एउटै सुनिए पनि त्यसलाई खेलमा प्रयोग गर्ने तरिका भिन्नभिन्न हुन सक्छ ।

‘फुटबलमा प्रशिक्षकसँग खेलाडीसँग व्यत्तिगत रुपमा सम्बन्ध राखी टीम व्यवस्थापन गर्ने खुबी हुनुपर्छ । उसँग खेलाडीहरुसँग एक्लाएक्लै र समूहमा कसरी डिल कसरी गर्ने भन्ने ज्ञान हुनुपर्छ । यस्तो ज्ञानबिना प्रशिक्षकलाई स्टारहरुले भरिएका ठूला क्लबमा टिक्न मुश्किल छ,’ माल्दिनी भन्छन् । त्यसोत पिर्लोले युभेन्टसमा सबै खेलाडीहरु आफ्नो योजनाभित्र रहेको बताएका छन् । ‘एट्याकिङ फुटबल खेल्दा कहिले घाटा हुदैन । हामी त्यही गर्नेछौं । त्यसो गरे मात्र क्लबमा उत्साह छाउनेछ,’ पिर्लोले भनेका छन् ।

पिर्लोको आगमनसँगै उनलाई युभेन्टसमा सारी भन्दा ‘पर्फेक्ट म्याच’ का रुपमा चित्रण गर्न थालिएको छ । ‘युभेन्टसमा उनी आएको धेरै भएको छैन् । तर क्लबमा छोटो समयमै धेरै कुरा परिवर्तन भइसक्यो । उनी यो क्लबका लागि महत्वपुर्ण खेलाडी थिए । उनका सहायकहरू सबै युभेन्टसका पुर्व खेलाडीहरु हुन् । उनी सारी भन्दा कान्छा छन् । सायद उनी युभेन्टसले खोजेको, चाहेको जस्तो प्रशिक्षक हुन् । गत महिना युभेन्टसका फ्रेन्च मिडफिल्डर एड्रियान राबियोटले भनेका थिए । के युभेन्टसलाई पिर्लोले युरोपको सर्वोत्कृष्ट क्लब बनाउलान त ? त्यो त समयले नै बताउला । (गार्डियनमा प्रकाशित आलेख इकागजका प्रबिनबिक्रम कटवालले भावानुवाद गरेका हुन) 


Author

थप समाचार
x