माओवादी महाधिवेशन : यी हुन् कोही पनि केन्द्रीय सदस्य नभएका भएका चार जिल्ला
काठमाडौँ- नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशनबाट चार जिल्लाबाट केन्द्रीय सदस्य शून्य भएका छन् । आइतबार माओवादी अध्यक्ष पुष्पकमल दाहालले घोषणा गरेको लिस्टमा चार जिल्लाबाट केन्द्रीय सदस्य शून्य भएका हुन् ।
रसुवा, म्याग्दी, ताप्लेजुङ र मुगुबाट एक जना पनि केन्द्रीय सदस्यमा चयन भएका छैनन् । त्यस्तै डोल्पाबाट एकजना मनोनीत भएका छन् । सबैभन्दा बढी रोल्पाबाट १४ जना केन्द्रीय सदस्य भएका छन् ।
महाधिवशेनमा दाहालले २३६ जना केन्द्रीय सदस्य मनोनीति गरेका थिए । २९९ केन्द्रीय कमिटी बनाउने माओवादीले बाँकी पछि मनोनीत गर्ने जनाएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया