मल्टिमिडिया

प्रधानमन्त्री बन्‍न लालायित छैनँ : देउवा (भिडिओ)

इकागज |
बैशाख ५, २०७८ आइतबार १७:५२ बजे

काठमाडौँ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकारलाई माओवादीले दिएको समर्थन फिर्ता नलिएसम्म नयाँ सरकार गठनका लागि कांग्रेस अगाडि बढ्न नसक्ने बताएका छन् । 

आइतबार बूढानिलकण्ठमा श्रीराम श्रेष्ठ लिखित ‘नेपाली जनजातीय संस्कार र संस्कृति’ पुस्तक विमोचन गर्दै सभापति देउवाले वर्तमान सरकार बहुमत कै हैसियतमा रहेकाले माओवादीले समर्थन फिर्ता लिए मात्र नयाँ सरकार गठनको प्रक्रिया सुरु हुने बताए । 


सरकारलाई दिएको समर्थन फिर्ता नगरेका कारण सरकार बहुमतकै अवस्थामा रहेकाले बहुमतको सरकारसँग निहुँ नखोज्ने पनि सभापति देउवाको भनाइ छ । उहाले देउवाले प्रधानमन्त्री पद आफ्नो प्राथमिकतामा नरहेको बताए । तर, परिस्थितिले नेतृत्व गर्नैपर्ने अवस्था सृजना भएपछि नहट्ने उनले बताए । सर्वोच्चको आदेशपछि नेकपाभित्रका दुई पक्ष पुरानै दलमा फर्किएको भन्दै उनले नेपालको राजनीतिक महत्वपूर्ण मोडमा उभिएको बताए ।


Author

थप समाचार
x