मल्टिमिडिया

नेपाली विद्यार्थीले बनाएको ‘गरुड’ अमेरिकामा प्रतिस्पर्धा गर्दै(भिडियोसहित)

इकागज |
माघ २३, २०७७ शुक्रबार १८:१२ बजे

काठमाडौं : नेपाली विद्यार्थीले बनाएको रकेटले अमेरिकामा प्रतिस्पर्धा गर्ने भएको छ । नेपालका विभिन्‍न इन्जिनियरिङ कलेजका ३० जना विद्यार्थी मिलेर बनाएको ‘गरुड’ले अमेरिकामा हुने स्पेस स्पोर्ट अमेरिका ‘कप अ रकेट इन्जिनियरिङ’मा प्रतिस्पर्धा गर्ने भएको हो । 

यहाँको इन्जिनियरिङका विद्यार्थीले सन् २०२० मध्यतिर प्रतिस्पर्धामा सहभागी हुन रकेटको डिजाइन पठाएका थिए । त्यहाँको समितिले उनीहरूको रकेटको डिजाइन प्रतिस्पर्धाका लागि योग्य रहेको बताएपछि अहिले उनीहरू त्यसलाई अन्तिम रुप दिन लागिपरेका छन् ।  


गत साल पनि विद्यार्थीले यही प्रतिस्पर्धामा सहभागिताका लागि रकेटको नमूना पठाएका थिए । तर, अघिल्लो सालको उनीहरूको डिजाइन प्रतिस्पर्धामा अस्वीकृत भएको थियो । अहिलेको डिजाइन स्वीकृत भएसँगै विद्यार्थी रकेट बनाउने काम गरिरहेका छन् र मार्च महिनासम्म यो डिजाइन पूरा गरी सक्ने लक्ष्य लिएका छन् ।  
रकेट बनाउने काम सक्न उनीहरूलाई १५ सय डलर चाहिएको छ तर अहिलेसम्म पूरा पैसा जुटाउन सकेका छैनन् ।

त्यसैले उनीहरूले रकेट पूरा गर्न सहयोगी हातहरूको खाँचो रहेको बताएका छन् । केही दिनमै उनीहरूले आफूले बनाएको रकेट नेपालमा प्रदर्शन गर्ने तयारी गरिरहेका छन् ।


Author

थप समाचार
x