संगीत

क्यानेडियन गायक जस्टिन बिबरलाई पक्षाघात

इकागज |
जेठ २८, २०७९ शनिबार १०:१८ बजे

क्यानेडियन गायक जस्टिन बिबरलाई पक्षाघात भएको छ । २८ वर्षीय गायकले इन्स्टा लाइभमा आफैँले आफूलाई ‘रामसे हंट सिन्ड्रोम’को शिकार भएको जानकारी दिएका हुन् । यही रोगका कारण उनले टोरन्टो र डीसीमा हुने कन्सर्ट रद्द गर्नुपरेको पनि बताएका छन् । 

उनले तीन मिनेट लामो भिडियोमा आँखा झिम्काउन पनि नभएको बताएका छन् । ‘म एकातिरको आँखा झिम्काउन पनि सक्दिन र एकातिरको भाग नचल्दा हाँस्न पनि सक्दिन । नाक पनि चलाउन मिल्दैन । यसरी मेरो एकापटिको केही पनि नचल्ने भएको छ,’उनले सेयर गरेको भिडियोमा भनेका छन् । 


उनले सो क्यान्सिल गर्नुपरेकोमा दुःख लागेको बताउँदै प्रशंसकलाई धैर्य गर्न आग्रह गरेका छन् । उनले आफूले केही दिन आराम गर्ने र ठीक भएपछि कन्सर्टमा फर्कने वाचा पनि गरेका छन् । सानो उमेरमै गायनमा जमेका जस्टिनका संसारभर करोडौँ फ्यान छन् । 
 


Author

थप समाचार
x