संगीत

इन्दिरा जोशीको आइतबार मेहन्दी, मंगलबार विवाह

इकागज |
जेठ २९, २०७९ आइतबार १७:१४ बजे

काठमाडौँ - गायिका इन्दिरा जोशीले मंगलबार प्रेमी शरद केडियासँग विवाह गर्ने भएकी छिन् । उनले इन्स्टामा एउटा पोस्ट राख्दै मंगलबार शरदसँग विवाह गर्न लागेको जानकारी गराएकी छिन् । अंग्रेजीमा लेखिएको पोस्टमा उनले लेखेकी छिन् ।

‘भगवानको कृपा र परिवारको आशिवार्दलाई साक्षी राख्दै हामीले जुन १४मा विवाह गर्ने निर्णय गरेका छौँ । यो यहाँको आशिर्वाद र शुभेच्छा भोलिका दिनमा पनि रहनेछ भन्ने अपेक्षा राखेका छौँ ,’ उनले लेखेकी छिन् । 


शरदले एभरेस्ट बेसक्याम्पमा इन्दिरालाई औंठी दिएर विवाहका लागि प्रस्ताव गरेका थिए । आइतबार पारिवारिक समारोहमा दुवैको मेहन्दी कार्यक्रम सम्पन्न भएका तस्बिर फाट्टफुट्ट सार्वजनिक भएका छन् ।

नेपाल आइडलको मञ्चबाट गायनमा प्रवेश गरेकी इन्दिराले आइटम गायिकाको रुपमा पाश्र्व गायनमा नाम कमाएकी थिइन् । पछिल्लो समय भने उनले यस्ता गीत नगाउने अनौपचारिक घोषणा गरेकी छिन् । इन्दिराका हुनेवाला दुलाहा शरद केडियो फेसन डिजाइनर रहेको बताइएको छ ।  


Author

थप समाचार
x