संगीत

बालेनले भाइबरसहित गएर बौद्ध धर्मगुरुलाई फिर्ता गरे श्रीपेच

इकागज |
असार २१, २०७९ मंगलबार १५:५८ बजे

काठमाडौँ - काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले विवादमा आएको श्रीपेच फिर्ता गरेका छन् । मंगलबार ज्याठास्थित एक बौद्धविहारमा रहेका भिक्षुलाई मेयर बालेनले ‘नेपहपका श्रीपेच’को पहिलो सिजनका विजेता भाइबर साइमनलाई साथै लिएर गएर मुकुट फिर्ता गराएका हुन् । 

शनिबार साँझ भएको फाइनलमा मोरङका भाइबर साइमनलाई कार्यक्रम आयोजकले श्रीपेच पहिराएका थिए । तर सञ्चारमाध्यम श्रीपेचको तस्बिर सार्वजनिक भएसँगै बौद्ध सम्प्रदायले श्रीपेचमाथि आपत्ति जनाएको थियो । आयोजकले सोमबार मात्र आफूहरूबाट अन्जानमा गल्ती भएको भन्दै माफी मागेको थियो ।


तर त्यतिले मात्र विवाद साम्य नहुनेदेखेपछि बोलन आफैँ सक्रिय भएर श्रीपेज हस्तान्तरण गरेका हुन् । कार्यक्रममा बालेन शाश तीनमध्ये एक जजको भूमिकामा थिए । मेयरमा विजेता हुनुअघिदेखि नै निर्णायकको कुर्सीमा रहेका बालेनले मेयरपछि पनि आफू सो भूमिकामा सिजन सकिँदासम्म निरन्तर रहने भन्दै जिम्मेवारी निर्वाह गरिरहेका थिए । शनिबार यो सोको फिनाले थियो । 
 


Author

थप समाचार
x