संगीत

ग्रामी अवार्डका साइड इफेक्ट :  जित्ने प्रयोगधर्मी, नजित्ने जस्ताको तस्तै

इकागज |
असार ३१, २०७९ शुक्रबार १६:४ बजे

सन् २०२१की ग्रामी अवार्ड विजेता ओलिभिया रोड्रिगो

बेलायत-  संगीत विधाका सर्जकलाई वितरण गरिने ग्रामी अवार्डलाई सिनेमाको अस्कर मानिन्छ । ग्रामी अवार्ड जित्ने कलाकारहरू स्टेजमा चढेर भावुक भएर बाबुआमा र प्रेमी प्रेमिकालाई धन्यवाद मात्र भन्दैनन्, उनीहरूको एल्बम वा सिंगल ट्रयाकको व्यापार ज्यामितीय आकारमा पनि बढ्छ । संगीतको दुनियाँमा काम गर्ने भन्छन्, ‘ग्रामी जित्ने कलाकारले प्रशस्त चर्चा पाउँछन् र नयाँ कामका लागि राम्रो अफर पनि पाउँछन् ।’

ग्रामीको मनोनयनमा परेर विजेता बनेका वा नबनेका कलाकारमाथि गरिएको एक अध्ययनले भने ग्रामी जित्नेले नयाँ नयाँ प्रयोग गर्ने र नजित्ने यथास्थितिमा रमाउने निष्कर्ष निकालेको छ । 


उनीहरूले फ्लेटवुड म्याकको एल्बम ‘र्युमर्स टु टस्क’ र ‘ओ २’को उदाहरण दिँदै भनेका छन्, ‘ग्रामी जितेको कलाकारमा नयाँ नयाँ प्रयोग गर्ने लालसा देखिन्छ जसले दर्शकलाई पनि नयाँ स्वाद दिएका छन् । कलाकार र दर्शक दुवैले यसबाट फाइदा लिएको देखियो ।’

समाजशास्त्रीय विधिको प्रयोगद्धारा गरिएको अध्ययनमा ग्रामी इतिहासको ५० वर्ष समेटिएको थियो । यो अध्ययनले मनोनयनमा परेर नजित्ने कलाकारको बारेमा भने अपत्यारिलो निष्कर्ष निकालेको थियो । अध्ययनले मनोनयनमा परेर पनि विजेता बन्न चुकेका कलाकार पुरानो शैली छाड्न नचाहने र उही घिसिपिटी संगीतमै रमाउने गरेको निष्कर्ष निकालेको थियो । 

‘मनोनयनमा परेका कलाकारलाई पनि हौसला हुन्छ भन्ने अवार्ड आयोजकको चाहाना भए पनि त्यसको उल्टो प्रभाव परेको देखियो । नजित्ने त झन्ै बेकामे निस्किने रहेछन्,’ अध्ययनमा भनिएको छ । अमेरिकाका तीन विश्वविद्यालयका प्रोफेसरको संलग्नतामा भएको अध्ययनमा सन् १९५९ देखि २०१८ सम्मको ग्रामी विजेता र मनोनयनमा परेका कलाकार र तिनीहरूका सिर्जनालाई समेटिएको थियो । अनुसन्धाताले १ लाख २५ हजार एल्बमलाई संगीतको विधाअनुसार छुट्याएर अनुसन्धान गरेका थिए ।

अनुसन्धानले ग्रामी नजित्दासम्म कलाकारले एउटै विधामा संगीत गरिरहेको तर जितेपछि बल्ल विधा परिवर्तन गर्ने हिम्मत गर्ने गरेको पनि निष्कर्ष निकालेको छ । 
यसो हुनुमा विजेता बनेको आत्मविश्वास र त्यो वापत हुने आम्दानीले भूमिका खेल्ने पनि अध्ययनको निष्कर्ष रहेको छ । तर ग्रामी विजेताले लगत्तै निकालेको संगीत दर्शक स्रोताले औधी रुचाउने गरेको भने पाइएन । फरक सिर्जना दिने प्रयास गरेका अधिकांश ग्रामी विजेताको यो प्रयास स्रोताले भने नकारिदिएका थिए ।  बरु मनोनयनमा परेका हरुवा संगीतकर्मीले एकै खाले संगीत गरेर फ्यान जोगाउने गरेको पाइएको छ । 

अध्येताले अध्ययनको निष्कर्ष प्रस्तुत गरेसँगै मनोनयन नै नगरी विजेता घोषणा गर्यो भने कस्तो हुन्छ ? भनी प्रश्न गरेका छन् । तर धेरैको विश्वास छ, कम्तीमा मनोनयनमा पर्दा पनि एल्बमको बिक्री बढ्छ । यसले कलाकारलाई नै फाइदा पुर्याउँछ । अब मनोनितबाट विजेता छान्ने कि सिधै विजेता मात्र छान्ने यो निर्णय गर्ने जिम्मा ग्रामीकै हो । 


Author

थप समाचार
x