नम्रताको कालो कोठीमा भुतुक्कै सुधिर
![](https://ekagajcdn.prixacdn.net/media/albums/namrata_and_sudhir_qWwFoHbO4z.jpg)
काठमाडौँ- गायिका रानी शाक्य र गायक सिडी विजय अधिकारीको स्वरमा ‘कालो कोठी’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । समीर राईको शब्द र विक्रम थापाको संगीतमा तयार भएको यो गीतलमा आदेश गुर्माथनको एरेन्ज छ ।
भिडियोमा नायिका नम्रता सापकोटा र मोडल सुधिर श्रेष्ठको नृत्य हेर्न सकिन्छ । क्लबमा यो गीतको भिडियो छायांकन गरिएको छ । बुद्ध थापाको छायांकन रहेको भिडियोमा बिष्णु खड्काको सम्पादन छ । भिडियोलाई रायन कार्कीले निर्देशन गरेका हुन् । भिडियोमा नायिका सापकोटा र मोडल श्रेष्ठको रोमान्स हेर्न सकिन्छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया