संगीत

बुधबार एलओडीमा दिपकले 'मायाको डोरीले निष्ठुरी मोरीलाई' बाँधेर नचाउने

इकागज |
पुस ५, २०७९ मंगलबार १८:३८ बजे

काठमाडौँ- पप गायक दिपक बज्रचार्यले ठमेलस्थित एलओडीमा आफ्नो साङ्गीतिक प्रस्तुती भोलि (बुधबार) दिने भएका छन् । बुधबार एलओडीमा बज्रचार्यले आफ्नो सांगीतिक समूहको प्रस्तुती दिने क्लबले जनाएको छ ।

क्लबका निर्देशक रविन श्रेष्ठले भोलि एलओडी क्लबमा दिपक बज्रचार्यले सांगीतिक कार्यक्रम गर्न लागेको जानकारी दिए । उनका अनुसार बज्रचार्यले भोलि साँझ ८ बजेदेखि आफ्नो प्रस्तुति सुरु गर्ने छन् ।


श्रेष्ठले आफ्नो नयाँ तथा पुराना गीतहरू गाएर बज्रचार्यले दर्शकलाई मनोरञ्जन प्रदान गर्ने बताए । क्लबमा यसअघि पनि उनले आफ्नो प्रस्तुती दिइसकेको जानकारी दिए ।

नेपाली पप गायन तथा संगीतिकको क्षेत्रमा बज्रचार्य झन्डै दुई दशक बढीदेखि सक्रिय सक्रिय छन् । उनका लोकप्रिय गीतहरू काली काली हिस्सी परेकी, ओ अमिरा, मायाको डोरीले, अँध्यारोमा आउँछौ तिमी, अल्लारे’ र ‘सानी ’ फर्केर आउने छैन आदि गीत चर्चित छन्।

लामो समयपछि क्लबले नेपाली सांगीतिक क्षेत्रका कलाकार ल्याएर प्रस्तुती दिन लागेको हो । ‘क्लबमा ‘लाइभ म्युजिक’ हुँदा  नेपाली कलाकार आएर प्रस्तुती दिने गरेका थिए,’ उनले भने,’ पछिल्लो समय क्लबमा  विदेशी कलाकार मात्र आउने क्रम बढेको थियो । समय-समयमा नेपाली कलाकारको पनि प्रस्तुती दिनुपर्छ आमन्त्रण गर्न लागिएको हो ।‘

त्यसैगरी, क्लबमा केही समयअघि गायिका बार्तिक एम राई र सजनराज वैद्यजस्ता चर्चित गायकले पनि प्रस्तुती दिएका थिए ।

एलओडीमा बलिवुड तथा हलिवुडका कलाकारले प्रस्तुति दिइसकेका छन् । बलिवुडका नेहा कक्कर, लक्की अली, इन्डियन आइडल पवनदीप र अर्मन मल्लिकले आफ्नो शो गरिसकेका छन् । त्यसैगरी स्टेबीन बेन, ज्योतिका टंगारी र टिम्मी ट्रम्पेट लगायतका विदेशी कलाकारले प्रस्तुती दिइसकेका छन् ।

 

 

 


Author

थप समाचार
x