मानवता प्रवर्द्धन गर्दै सुर्खेत ततायाे नेपथ्यले
सुर्खेत। मानवताको प्रवर्द्धनका लागि सुर्खेतमा नेपथ्य लाइभ कन्सर्टको आयोजना गरेको छ । आज सुर्खेतको वीरेन्द्रनगरमा उक्त कार्यक्रमको आयोजना गरिएको हाे । ‘मानवताका लागि सङ्गीत’ भन्ने नाराका साथ मानव सेवा आश्रमले मेचीदेखि महाकालीसम्मका १० ठूला शहरमा नेपथ्य लाइभ कन्सर्ट गरिएकोे छ । मंसिर १६ गते विराटनगरबाट शुरु भएको सङ्गीत यात्रा आज सुर्खेतका्े वीरेन्द्रनगरमा आयोजना गरिएको छ ।
नेपथ्यको लाइभ कार्यक्रम ६ वटै प्रदेशमा सञ्चालन भइसकेको मानव सेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले जानकारी दिए । मानवताको प्रवर्द्धनसँगै मानव सेवा आश्रमको भवन निर्माण तथा अक्षयकोष स्थापनाका लागि सहयोग पुग्ने अभिप्रायले नेपथ्य लाइभ कन्सर्टको आयोजना गरिएको उनले बताए । मनोरञ्जनसँगै मानव सेवा आश्रमको भवन निर्माण गर्ने मानवीय कार्यमा सहयोग गर्न आग्रह पनि गरेका छन् ।
वीरेन्द्रनगरको खुल्ला मञ्चमा अहिले साँझ ६ बजेदेखि शुरु भएको कन्सर्टमा करिब पाँच हजार दर्शक उपस्थित रहेको आयोजकले लिएको छ । कन्सर्टलाई शान्तिपूर्ण ढंगले सम्पन्न गर्न सुरक्षा व्यवस्थासमेत मिलाइएको छ । अन्तर्राष्ट्रियस्तरको सांगीतिक समूहलाई वीरेन्द्रनगरमा ल्याउन सक्नु पनि यहाँका स्थानीयबासीको गौरवको विषय भएको यहाँका स्थानीयहरुको भनाइ छ ।
नेपथ्यका प्रमुख गायक अमृत गुरुङले झण्डै २ दर्जनभन्दा धेरै गीतहरु प्रस्तुत गरेर दर्शकहरुलाई मनोरञ्जन दिलाएका छन् । वि.स. २०८२ सालसम्म नेपालका सडकपेटीलाई सडकआश्रित मानवरहित बनाउने योजनाका साथ आश्रम लागिपरेको छ । सुर्खेत स्थित आश्रममा हाल ६२ जना साहाराविहिन तथा अभिभावकविहिनहरु आश्रित छन् । भाडाको भरमा चलिरहेको आश्रमको अब आफ्नै भवन निर्माण गर्ने सपनालाई सार्थकता प्रदान गर्न कन्सर्ट कोशेढुंगा सावित हुने छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया