पुष्प खड्का र सुमित्रा पौडेल स्टारर ‘माया बन्धन यो’ सार्वजनिक
काठमाडौं – चलचित्र उद्योगमा ख्यातिप्राप्त कलाकर्मीहरुको सहकार्यमा आधुनिक गीतको अडियो र यसको भिडियो ‘माया बन्धन यो’ सार्वजनिक गरिएको छ । निर्माण टिमले ओएसआर डिजिटलको अफिसियल युट्युव च्यानलमार्फत सार्वजनिक गरेको हो ।
सार्वजनिक भएसँगै दर्शक र श्रोताले यसलाई निकै उत्साहका साथ हेरेका छन् भने युट्युबमा पनि सकारात्मक प्रतिक्रियाहरु आइरहेका छन् ।
यो गीतमा प्रताप दास र कविता श्रेष्ठको संयुक्त आवाज सुन्न सकिन्छ । बाबु प्रधानले गीतको अडियो एरेन्ज गरेका हुन् । राजेश कुमार श्रेष्ठको शब्दमा सजिएको गीतको म्युजिक एलिस कार्कीले तयार पारेका हुन् ।
गीतको भिडियोमा चलचित्र उद्योगका लोकप्रिय अभिनेता पुष्प खड्कासँग सुमित्रा पौडेलले अभिनयमा अनस्क्रिन रोमान्स गरेकी छन् । यसै गीतबाट मोडलिङमा डेब्यु गरेकी पौडेलले यो गीत आफ्ना लागि ड्रिम प्रोजेक्ट रहेको प्रतिक्रिया दिइन् । उनले चलेका अभिनेतासँग सहकार्य गर्न पाउँदा निकै खुसी लागेको र आगामी समयमा यस्तै मिठा गीतमा प्रस्ताव आयो भने काम गर्न राजी हुने बताइन् ।
गीत सार्वजनिक भएपछि अभिनेता पुष्प खड्काले चलचित्र उद्योगमा नाम चलेका व्यक्तिहरुको सहकार्य रहेको यो प्रोजेक्टको अडियो मन परेपछि भिडियोमा काम गर्न तयार भएको प्रतिक्रिया दिए । उनले भने, ‘अडियो मन परेपछि भिडियोँमा काम गरेँ । अहिले म अभिनित चलचित्र तिम्रो मेरो साथ को प्रमोशनमा भएकाले यो गीतको प्रेस मिटमा उपस्थित हुन सकिनँ । तर, गीतको भिडियो हेरेपछि असाध्यै उत्साहित भएको छु ।’
गीतको भिडियो चितवनको चर्चित झरना जलभिरे लगायतका विभिन्न स्थानमा खिचिएको छ ।
ओम प्रसाईँ भिडियोका डिओपी हुन् । कलात्मक ढंगले उनले आफ्नो सिनेम्याटोग्राफीको क्षमता यसमा पनि दिएका छन् । भिडियोका निर्देशक सन्दिप भुजेल हुन् । सन्दिप पछिल्लो समय एकपछि अर्को हिट गीत निर्देशन गरिरहेका छन् । गीतको भिडियोलाई मल्टि ट्यालेन्टेड ओम प्रसाईँले सम्पादन गरेका हुन् । उनैले भिडियोको स्क्रिन प्ले, कलर ग्रेडिङ लगायतका काम समेत गरेका छन् ।
यो गीतले एउटा प्रेमिल जोडीको माया भिज्युअल मार्फत देखाउन खोजेको निर्देशक सन्दिप भुजेलले बताए । उनले भने, ‘हामीले यो गीत निर्माणमा असाध्यै मिहेनत गरेका छौं । मलाई लाग्छ यो गीत र भिडियोलाई दर्शकले निकै माया गर्नेछन् ।’
चिसो मौसमका बाबजुद २ दिन छायांकन गरेर भिडियोको छायांकन गरिएको थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया