संगीत

भोलि भिटेनले एल‌‌ओडीमा 'हामी यस्तै हो नि ब्रो' गीत गाउँदै स्टेज तताउँने

इकागज |
पुस २०, २०७९ बुधबार १४:२५ बजे

काठमाडौँ- र्‍यापर ‘भिटेन’ अर्थात समिर घिसिङले  एक वर्षपछि काठमाडौँमा स्टेज पर्फमेन्स गर्ने भएका छन् । पुस ३० गते ( जनवरी १४ शनिबार) ठमेलस्थित एलओडी क्लबमा उनले आफ्नो प्रस्तुती दिने भएका छन् ।

विगत एक वर्षदेखि नेपालमा उनले आफ्नो कुनै पनि प्रस्तुती दिएका थिएनन् । इभेन्ट ‘३६५’  को आयोजनामा भिटेनले आफ्नो सांगीतिक प्रस्तुती दिन लागेका इभेन्ट म्यानेजर नारायण आचार्यले जानकारी दिए ।


आचार्यका अनुसार उक्त दिन हुने इभेन्टको टिकट मूल्य एक हजारदेखि १५ सय रुपैयाँ रहेको छ । क्लबमा साँझ ७ देखि १२ बजेसम्म भिटेनले आफ्नो प्रस्तुती दिने उनले जानकारी दिए ।

उनले भने,’ दर्शकले टिकट अनलाइनबाट खरिद गर्न सक्ने छन् । दर्शकले ‘आइएमइ पे’ बाट टिकट खरिद गर्न सक्छन् ।‘

र्‍यापर भिटेनले आफ्नो सांगितिक प्रस्तुती असोज २३ गते जापानमा गरेका थिए । त्यसयता पहिलो पटक काठमाडौँमा आफ्नो प्रस्तुती एलओडी क्लबमा दिन लागेका हुन् । र्‍यापर भिटेन युवाहरूमाझ चर्चित छन् ।


Author

थप समाचार
x