संगीत

गाली गर्नेलाई समीक्षाको जवाफ : मेरो गीत नसुन्ने भए नसुन्‍नुस्, कर छैन

इकागज |
पुस २५, २०७९ सोमबार १३:१८ बजे

काठमाडौँ - गायिका समीक्षा अधिकारी पुराना कुरा बिर्सेर सांगीतिक दुनियाँमा फर्कने प्रयास गरिरहेकी छिन् । तर विगतले छाडेको छैन । उनले कुनै गीत गायो कि त्यसमा उनीमाति गालीको वर्षा हुन्छ । यो क्रमले सीमा नाघेको महसुस गरी समीक्षाले गीत सुन्न मन नभए नसुन तर मलाई पनि तिमीहरूका गाली सुन्न छैन भन्दै जवाफ फर्काएकी छिन् । उनले मान्छेका तीन स्तर हुने उल्लेख गर्दै अरुका कुरा काट्ने मानिस तल्लो स्तरको र घटिया हुने बताएकी छिन् । 

ुएउटा ठूलै विद्वानले भनेका रैछन् मान्छे तीन किसिमका हुन्छन् । उच्च स्तरको त्यो हो जसले विचार र सिद्धान्तका कुरा गर्छ । ब्यक्तिको होइन ब्यक्तित्वको कुरा गर्छ । मध्यम स्तरका ती हुन् जसले घटनाको कुरा गर्छन्, जस्तै गाडी लड्यो, अन्डा फुट्यो । अनि जो व्यक्तिको बारेमा कुरा गर्छ, अरुको कुरा काट्छ त्यो तल्लो स्तरको अर्थात घटिया हुन्छ । यी रुख होइनन्, फल र फूल पनि होइनन्, पात हुन्, खसेर घस्यौटा बन्ने र जता हावा लाग्छ उतै उड्ने । यहाँ अरुको कुरा काट्ने यस्ता घस्यौटा धेरै छन्,ुउनले लेखेकी छिन् । 


उनले उमेरका कारण छोरी मान्छे बहकिने र कानुनी कुरा थाहा नपाएको संकेत गर्दै समाजले यो कुरा बुझिदिनु पर्ने जिकिर गरेका छिन् । उनले लेखेकी छिन्, ुसानो उमेरमा छोरी मान्छे बहकिन्छन्। राम्रो नराम्रो छुट्याउन जान्दैनन् । मान्छेका जालझेल बुझ्दैनन् । भविष्यको बारेमा निर्णय गर्न जान्दैनन् । देश कस्ता कानुनमा जेलिएको छ भन्ने उनीहरुलाइ थाहा हुँदैन । सपनाको दुनियाँमा अगाडि बढ्दा गलत बाटोमा पनि पर्न सक्छन्, समाजले अभिभावकले यो बुझ्नुपर्छ ।'

समीक्षाले आफू गायिका हुन जन्मिएकाले स्वरले साथ दिँदासम्म अरुले नसुने पनि बन्द कोठामा एक्लै पनि गाउन नछाड्ने बताएकी छिन् ।  म गायिका हुन जन्मेकी हुँ । स्वरले साथ दिँदासम्म गाउँछु । कसैले मेरो गीत नसुनोस्, कसैले मलाई अवसर नदेओस् ।  म एक्लै कोठामा गाउँछु, एकान्तमा गाउँछु, आफ्नै युट्युब च्यानलमा गाउँछु । कसैलाई मेरो गीत सुन्नु छैन भने नसुन र मलाई पनि तिम्रो अपशब्द सुन्नु छैन । तिम्रो के खाएकी छु मैले, तिमीले मलाई अपशब्द भन्ने के हक र साइनो छ रुु उनको प्रश्न छ । उनले जाँड खाएर कुट्ने लोग्नेसँग जाँडै खाएर लड्नुपर्छ भनेको दृष्टान्त दिँदै लड्ने अठोट व्यक्त गरेकी हुन् । 


Author

थप समाचार
x