संगीत

लाेग्‍नेलाई व्यंग्य गरेको शाकिराको गीतले बनायो रेकर्ड

इकागज |
पुस ३०, २०७९ शनिबार १७:२५ बजे

लन्डन- कोलम्बियन गायिका शाकिराले आफ्ना पूर्वपति जेरार्ड पिकेले धोका दिएको विषयमा बनाएको गीतले युट्युबमा नयाँ रेकर्ड राखेको छ । बार्सिलोनका डिफेन्डर पूर्वपति जेरार्ड पीकेले परस्त्रीसँग सम्बन्ध राखेको भन्दै तयार पारेको डिस ट्रयाकले अपलोड भएको २४ घण्टामा ६३ मिलियन बढी भ्युजको आँकडा पार गरेको हो । गीतमा उनले पिकेकी २३ वर्षीया नयाँ प्रेमिकाको कुरा गरेकी छिन् । 

गीतमा उनले कर नतिरेको भनी पछि लागेका स्पेनिस कर अधिकारीलाई पनि व्यंग्य गरेको बीबीसीले उल्लेख गरेको छ । उनले गीतमा आफैँलाई पनि उडाउन बाँकी राखेकी छैनन् । गीतमा उनले आफहरूले धेरै समय जिममा खर्चिएको तर दिमागले पनि केही काम गर्नुपर्ने बताएकी छिन् । 


बीबीसीका अनुसार उक्त गीतले ल्याटिन गीतहरूमध्ये छोटो समयमा सर्वाधिक बढी हेरिएको युट्युब रेकर्ड राखेको छ । ४५ वर्षीया शाकिरा र स्पेनिस पूर्व फुटबलर ३५ वर्षीय पीके १० वर्षको सम्बन्धपछि सन् २०२२ मा अलग्गिएका थिए ।

यसअघि जे ब्याभ्लिन, लुइ फोन्सी र ड्याडी यान्कीले राखेको रेकर्ड शाकिराको यो गीतले तोडेको हो । चार मिनेट लामो यो पप गीत शाकिरा र अर्जेन्टिनी प्रोड्युर तथा डीजे बिजा¥यापबीचको पहिलो सहकार्य हो ।

यसअघि यही समाचारमा कोलम्बियन गायिका शाकिरा​​ हुनुपर्नेमा कम्बोडियन गायिका भएकोमा सच्याइएको छ । - सं


Author

थप समाचार
x