संगीत

जेरार्डको घर छेक्न साकिराले लगाइन् पर्खाल

इकागज |
माघ ६, २०७९ शुक्रबार १०:४७ बजे

लसएन्जल्स - पार्टनरसँग अलग्गिएपछि ऊसँगको सम्बन्ध सदाका लागि बिर्सन  कतिसम्म काम गर्छन् भन्ने कुराको पछिल्लो उदाहरण बनेकी छिन्,कोलम्बियन गायिका साकिरा । साकिराले पूर्व ब्वाइफ्रेन्ड जेरार्ड पिकेसँग अलग्गिएपछि अहिले जेरार्डकी आमा मोन्टसेराट बर्नाबेउसँग समेत दूरी बनाउन  अनौठो उपाय अपनाएकी छन् ।

मोन्टसेराट बस्ने घर र साकिराको एकै ठाउँमा  छ । सोहीकारण दुवै परिवारबीचको बोलचाल र सम्बन्धलाई पूर्णविराम लगाउनका लागि साकिराले दुवै घरको बीच भागमा पर्खाल निर्माण गर्न थालेकी छन् ।


‘वाका वाका’ गायिकाको स्पेनमा रहेको घरको केही क्षेत्र उनको पूर्व परिवारको घरसँग जोडिएको छ । त्यसकारण साकिरा पिकेसँग अलग भएपछि पिकेसँग जोडिएका हरेक कुराबाट अलग हुन चाहेकी छन् । ​हालैमात्र एक टेलिभिजनले बार्सिलोनामा रहेको साकिराको घर अगाडि सिमेन्टको मिश्रण गर्ने गाडीसहितको सामग्री फेला पारेको थियो ।​ पिकेलाई व्यंग्य गर्दै शाकिराले निकालेको एउटा गीतले कीर्तिमानी दर्शक पाएको थियो । 


Author

थप समाचार
x