सुवास रेग्मीलाई थुनामा राख्नु ठीक भन्दै ६ सांगीतिक संस्थाको सामूहिक विज्ञप्ति
काठमाडौँ - सामाजिक सञ्जालमा गाली बेइज्जती गरेको भन्दै महेश आचार्यले दिएको उजुरीका कारण थुनामा बस्न बाध्य भएका विन्ध्यवासिनी म्युजिक कम्पनीका सञ्चालक सुवास रेग्मीका विरुद्ध ६ सांगीतिक संस्थाले ऐक्यवद्धता जनाएका छन् । सुवास रेग्मीले सामाजिक सञ्जालको दुरुपयोग गर्दै संगीतकर्मीलाई गाली गलौज गर्ने गरेको र यसले स्रष्टाको सार्वजनिक छविलाई नै असर गर्ने गरेको भन्दै उनको गिरफ्तारीको समर्थन गर्दै अनुसन्धानमा सघाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।
सुवास रेग्मीले सामाजिक सञ्जालमा गायक गायिकालाई लक्षित गरी स्ट्याटस लेख्दै आएका थिए । केही समय पहिले प्रमोद खरेलसँगको रोयल्टी विवादका कारण पनि रेग्मी केही समय थुनामा रहेका थिए । फागुन ७ गते भने महेश आचार्यले रेग्मीका विरुद्ध भोटाहिटीको साइबर ब्युरोमा उजुरी दिएका थिए ।
आचार्यकै उजुरीका कारण प्रहरीले थाइल्यान्डबाट फर्कने क्रममा रहेका रेग्मीलाई प्रहरीले पक्राउ गरेको थियो । सुवास रेग्मीको विरुद्धमा गीतकार संघ नेपाल, संगीतकार संघ नेपाल, नेपाल सांगीतिक संघ, राष्ट्रिय संगीतकर्मी संघ, नेपाल संगीत उद्योग संघ र प्रस्तोता समाजले सामूहिक विज्ञप्ति जारी गरेका हुन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया