निशान भट्टराई र ऋचा न्यौपानेबीच सम्बन्धविच्छेद
फाइल तस्बिर
काठमाडौँ - गायक निशान भट्टराई र ऋचा न्यौपानेबीच सम्बन्धविच्छेद भएको छ । काभ्रेपलाञ्चोक जिल्ला अदालतले उनीहरूबीच सम्बन्धविच्छेदको आदेश दिएको छ ।
चैत ७ गते काभ्रे जिल्ला अदालतका न्यायाधीश विश्वनाथ भट्टराईको इजलासले सम्बन्धविच्छेदको आदेश दिएको हो ।
२०७७ सालमा निशान र ऋचाबीच विवाह भएको थियो । उनीहरूबीच विवाह गरेको केही समयपछि नै सम्बन्ध राम्रो नभएको खबर बाहिरिएको थियो ।
निशान नेपाल आइडलको पहिलो सिजनको फर्ष्ट रनरअप हुन् । ऋचा मोडलिङ गर्दै आएकी छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया