Ekagaj Logo
०२ कात्तिक २०८१, शुक्रबार
(Friday, 18 October, 2024)

संगीत

युएईमा 'उत्सव र उमङ्ग, सिटी एक्सप्रेससँग २०८१' सांगीतिक कार्यक्रम

इकागज |
जेठ ९, २०८१ बुधबार १३:१३ बजे

काठमाडौँ- दुबई मे १९- सिटी एक्सप्रेस मनी ट्रान्सफरले युएईस्थित बरदुबईको एस् के-७ क्लबमा 'उत्सव र उमङ्ग, सिटी एक्सप्रेससँग' शीर्षकमा भव्य सांगीतिक कार्यक्रम आयोजना गरेको छ ।

कार्यक्रमको उद्घाटन सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डनले गरेका थिए । टण्डनले वैधानिक प्रणालीबाट पैसा पठाउन आग्रह गर्दै यसरी पठाएको पैसाले राष्ट्रलाई ठूलो सहयोग पुर्‍याएको बताए ।


कार्यक्रममा टण्डनले सिटी एक्सप्रेस मनी ट्रान्सफरले विदेशमा रहेका नेपालीहरूको कमाईलाई सुरक्षित रुपमा पठाउन सहयोग गर्न पाउँदा आफूलाई खुशी लागेको बताए । साथै कार्यक्रममा सहभागी सबैलाई धन्यवाद दिँदै उनले नेपालीहरूको मनोरञ्जनका लागि यस्ता कार्यक्रम आयोजना गर्दा थप सन्तुष्टि मिलेको बताए ।

नेपालका प्रसिद्ध कलाकारहरूले आफ्ना प्रस्तुति दिएर दर्शकलाई मन्त्रमुग्ध पारेका थिए । चर्चित हाँस्य कलाकार तथा सिटी एक्सप्रेस मनि ट्रान्सफरका ब्रान्ड एम्बेसडर जितु नेपालको प्रस्तुति दर्शकले निकै रुचाएका थिए । यस्तै चर्चित आधुनिक गायिका मिलन नेवारको स्वरले कार्यक्रमलाई थप भव्य बनाएको थियो । लोकप्रिय लोक दोहोरी गायक खेम सन्चुरी र गायिका शान्तीश्री परियारले गीतमार्फत् उत्कृष्ट प्रस्तुति दिएका थिए भने कलाकार अन्जली अधिकारीले विशेष प्रस्तुति दिएकी थिइन् ।

सिटी एक्सप्रेस मनि ट्रान्सफरको सेवा प्रयोग गरेर युएईबाट थुप्रै नेपालीहरूले आफ्नो घर परिवारमा सुरक्षित तरिकाले आफ्नो दुःखको कमाइ पठाउन सकिरहेका छन् ।

युएईस्थित सम्पूर्ण नेपालीलाई मनोरञ्जन दिलाउने हेतुले यो कार्यक्रम आयोजना गरिएको सिटी एक्सप्रेस मनि ट्रान्सफरले जनाएको छ ।


Author

थप समाचार
x