संगीत

सञ्‍चारकर्मी बरालको ‘माया छ कि छैन’ सार्वजनिक [भिडियो]

इकागज |
जेठ २५, २०८१ शुक्रबार १५:३२ बजे

काठमाडौँ- गायिका ईश्वरी बरालको नयाँ गीत ‘माया छ कि छैन’ सार्वजनिक भएको छ । गीत श्री ईश्वरी प्रोडक्शनबाट सार्वजनिक गरिएको हो ।

गीतको भिडियोमा चर्चित कलाकार आर्यन सिग्देल, सुजल बम र मोनिका बोहराको अभिनय रहेको छ । भिडियोमा गायिका बरालको पनि नृत्य र अभिनय देख्न सकिन्छ। 


म्युजिक भिडियोको छायाङ्कन ललितपुर हरिसिद्धिस्थित इट्टा तथा टायल कारखाना र थापाथलिस्थित चियावालाकोमा गरिएको छ । भिडियोका निर्देशक मुस्कान ढकाल हुन् भने छायाङ्कन नवराज उप्रेतीको रहेको छ । कोरियोग्राफी शिशिर खातीले गरेका छन् । 

शब्द, सङ्गीत र एरेन्ज विपिन आचार्यको रहेको गीत कपुरधारास्थित एम बी म्युजिक रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको छ । 

गायिका बरालका यसअघिका चर्चित गीतहरूमा नरिसाउन होइ, खानदानी छोरी लगायत छन् । उनी एक सञ्चारकर्मी पनि हुन् ।

भिडियो:

 


Author

थप समाचार
x