संगीत

शान भुषालको ‘मायाको धुन’ बजारमा

इकागज |
असार ७, २०८१ शुक्रबार १७:२० बजे

काठमाडौँ - असार ७ गते गायक शान भुषालको नयाँ गीत मायाको धुन सार्वजनिक भएको छ । पार्टी लभरलक्षित यो गीतमा गायिका रितिका श्रेष्ठको शब्द रहेको छ भने संगीत गायक भुषाल स्वयमको छ ।

गीतको उत्पादक अल्मोडा राना उप्रेतीको रहेको छ । गीतमा प्रदिप लामा र केविका कार्कीको अभिनय रहेको छ । गायक भुषालकाअनुसार दोलालघाट र नगरकोटमा गीतको छायांकन गरिएको भिडियोको निर्देशन प्रदिप लामाले गरेका छन् । 


अमेरिकाको डालस स्थित गुन्जन स्टुडियोमा गीतको रेकर्डिङ गरिएको हो । अर्घाखाँचीका गायक भुषाल हाल अमेरिकामा छन् । गीतको मास्टरिङ मिक्सिङ भारतमा गरिएको हो । करिब २ दशक शास्त्रीय संगीतमा साधनारत गायक भुषालका २ दर्जन बढी गीतहरू रेकर्ड भइसकेका छन् ।


Author

थप समाचार
x