संगीत

फिल्म मोदीबेनीको ‘मञ्जुरी’ गीतमा वर्षा र अमरको रोमान्स (भिडियो)

इकागज |
असार २५, २०८१ मंगलबार ७:११ बजे

काठमाडौँ- आगामी साउन १८ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘मोदीबेनी’को पहिलो गीत सार्वजनिक गरिएको छ ।

सोमबार सार्वजनिक गरिएको ‘मञ्जुरी’ बोलको गीतमा फिल्मकी अभिनेत्री वर्षा सिवाकोटी र नवअभिनेता अमर प्रताप श्रेष्ठलाई रोमान्टिक रुपमा देखाइएको छ । गीतमा एसडी योगी र विज्ञानी पराजुलीको गायन रहेको गीतमा एसडी स्वयंको संगीत तथा राम अविरल विष्टको रचना छ । किरण थापाको कोरियोग्राफी रहेको गीतमा उत्सव दाहालको छायांकन तथा भरत रेग्मीको सम्पादन छ । 


शंकर कोइरालाको डेब्यु निर्देशनमा तयार भएको फिल्ममा वर्षा र अमरसँगै सरोज खनाल, रेजिना उप्रेती, प्रवीण खतिवडा, दीलिप केसी, जीवन भट्टराई, कमलमणि नेपाल, सरोज अर्याल, अनामिका लामिछाने, स्नेहा भट्टराई, लाबिस लगायतको पनि अभिनय छ । रेजिनाले यो फिल्मबाट झण्डै १० वर्षपछि कमब्याक गरेकी हुन् । 

पर्वत जिल्लाको मोदीबेनी क्षेत्रमा घटेको अविश्वसनीय घटनामा आधारित भएर फिल्म बनेको बताइएको छ ।


Author

थप समाचार
x