संगीत

कवि तथा गीतकार दीपा राईको 'कुनै मधुर धुन’को गीत सार्वजनिक

इकागज |
असोज ४, २०८१ शुक्रबार ६:३२ बजे

काठमाडौँ- अमेरिकामा बसेर नेपाली साहित्य तथा संगीतमा योगदान पुर्‍याइरहेकी कवि एवं गीतकार दीपा राई पुनको गीत सार्वजनिक भएको छ । उनले  ‘कुनै मधुर धुन’ को नयाँ म्युजिक भिडियो सार्वजनिक गरेकी हुन् ।

बिहीबार सार्वजनिक भएको उक्त म्युजिक भिडियोमा राईको शब्द तथा मेलिना राईको स्वर रहेको छ ।  गीतकार राईलेे म्युजिक भिडियो आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेकी हुन् ।


आधुनिक सुगम शैलीको गीतमा सचिन सिंहको संगीत रहेको छ । अकस्टिक नेपाल रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको गीतको म्युजिक भिडियोमा निकेश खड्काको निर्देशन रहेको छ । साथै, दिनेश पराजुलीको छायाङ्कन र विकास पराजुलीको सम्पादन र चन्द्र चौधरीको मिक्सिङ रहेको छ ।

राजबाबु चौधरीले रेकर्ड गरेका यस गीतको प्रस्तुति गीतकारकी आमा बिमला राईले गरेकी हुन् । फर्पिङ र उत्तर बाहिनी क्षेत्रमा छायांकन गरिएको थियो । म्युजिक भिडियोमा प्रेमिल जोडीका माया पिरतीका विभिन्न क्षणहरू, प्रेम प्रतिको समर्पण र आत्मीय प्रेमको नमुनालाई प्रस्तुत गर्ने प्रयास गरिएको छ ।

प्रवासमा बसेर नेपाली गीत, संगीत र कविताको क्षेत्रमा आफ्नो कलम चलाउँदै आएकी राईका दर्जनभन्दा बढी गीत  रेकर्ड भइसकेका छन् । उनका कविता कृतिहरू पनि बजारमा छन् ।

यसअघि ‘प्रतिरुप’ गीति एल्बम पनि सार्वजनिक गरेकी थिइन् । साथै, तिम्रो सपनाको म, स्पन्दनका रागहरू, छुटेको बागदाता, दीयोको अन्तिम लप्का र शरदका पहेंला पातहरूजस्ता कविता कृति बजारमा ल्याइसकेकी राईले आउने दिनमा फरक खालका गीत र कविता कर्मलाई निरन्तरता दिने दाबी गरेकी छिन् ।

 


Author

थप समाचार
x