संगीत

दशैंलाई खर्च जुटाउदैँ लोकप्रिय गायक घमेश दुलालको टिम

इकागज |
असोज ६, २०८१ आइतबार १९:२२ बजे

काठमाडौँ - लोकप्रिय तथा चर्चित लोक दोहोरी गायक घमेश दुलालको दशैं गीत ‘खर्च दशैलाई’ सार्वजनिक भएको छ ।

गायक दुलालले दशैंमा गरिबले खर्च जुटाउन नसक्दाको दुख, छोराछोरी लाई नयाँ लुगा किन्न लाउन खान दिन नसक्नुको पिडा उजागर गरेर खर्च दशैंलाई बोलको गीत तथा भिडियो तयार पारेका छन् । गीत तथा भिडियो निकै राम्रो बनेको छ । 


लोक दोहोरी क्षेत्रमा राज गरेका गायक घमेश दुलाल एक समय एक दशक भन्दा बढि नै गुमनाम हुन पुगेका थिए । उनका शुभचिन्तहरूको मनमा लागेको थियो कि अब घमेश दुलालका नयाँ गीत आउने छैनन् भनेर । तर पछि गायक दुलाल फेरि दमदार गीत वनमा खयर लिएर शुभचिन्तकहरु माझ फर्किए । 

उनका चर्चित गीतहरु नारायण थान मा गेट, दमौली मा गेट, घर हाम्रो रामेछाप, आमाको आशीर्वाद, अन्तिम चिट्ठी लगायत दर्जनौं गीतहरूले स्रोता तथा दर्शकको मन मुटुमा बस्न सफल भएको छ । उनै गायक दुलालले स्रोता तथा दर्शक माझ फेरि दशैंको कोशेली खर्च दशैंलाई लिएर आएका छन् । जसमा स्वर गायक घमेश दुलाल र स्थायी घर लमजुङ्ग र हाल काठमाण्डौंमा रहेर आफ्नो सांगीतिक यात्रालाई अगाडि बढाईरहेकी स्वरकी धनी शारदा रसाइलीको निकै मधुर आवाज रहेको छ । 

त्यसैगरी गीत संगीतको क्षेत्रमा आफ्नो छुट्टै स्थान ओगट्न सफल गितकार तथा निर्देशक साजन पराजुली जसले लेखेका दर्जन भन्दा बढि गित बजारमा लोकप्रिय छन् । छाति चिरी हेर सानु,दुबो झै जीवन,मोनालिसा,साथ छोड्यो छायाँले,दशैं आयो जस्ता दर्जनौं गित दर्शकले रुचाएका छन्  हो उनै गीतकार तथा निर्देशक साजन पराजुली निकै राम्रो शब्द यस गीतमा रहेको छ ।

गीतमा एरेञ्ज तथा संगीत सुफिक्स मदनको रहेको छ । नेपाली सांगीतिक क्षेत्रमा अब्बल संगीतकारको रुपमा छवि बनाएका संगीतकार हुन् सुफिक्स मदन ।  संख्यात्मक भन्दा पनि गुणात्मक काम गर्न रुचाउने सुफिक्सद्वारा संगीत गरिएका गनगन, गगन २, सेतो सेतो कमेरो माटो , लाग्छ माया लाग्दैन भन्दिन ,आउँछ झल्को , शखर चिनि ,धानको चामल चामलको कनिका लागायत सयौं गीत बजारमा आएका छन्। जसमध्ये अधिकांश गीतहरू दर्शक स्रोतामाझ निकै लोकप्रिय बनेको छ ।

गीतको निर्देशक पछिल्लो समयका निकै व्यस्त तथा चर्चित निर्देशन उमेश कार्की युकेको रहेको छ भने शब्द र छायाङकन साजन पराजुलीको रहेको छ । गीतको सम्पादन रोशन धितालले गरेका हुन् भने गीतको व्यवस्थापन अमन दुलालले गरेका छन् ।

लाउ चेली सिन्दुर लाउ, हुँदैन सुन पित्तल गालेर जस्ता चर्चित गितमा दमदार अभिनय गरिसकेका मोडल हिराकाजी सेञ्चुरी र सञ्चार क्षेत्रमा निकै लामो समय देखि काम गरिरहेकी सञ्चारकर्मी तथा भर्खरै अभिनय तथा मोडलिङ क्षेत्रमा उदाउँदै गरेकी संगिता अधिकारीको निकै राम्रो अभिनय रहेको छ । त्यस्तै गीतमा भिम बगाले, मनोज केशी लगाएत बाल कलाकार आशिन अधिकारी र युनेश कार्कीको उत्तिकै राम्रो अभिनय रहेको छ ।

एरिका डिजिटल स्टुडियोमा रेकडिङ तथा साझा क्रियसन प्रा लि द्वारा निर्माण गरिएको उक्त “खर्च दशैंलाई” बोलको गीत गायक घमेश दुलालको युटुव च्यानलमार्फत सार्वजनिक भएको हो ।


Author

थप समाचार
x