संगीत

कमल राईको उत्कृष्ट कोरियोग्राफीमा ‘क्या राम्री देखियौ’ सार्वजनिक (भिडियो)

इकागज |
असोज ७, २०८१ सोमबार १०:१९ बजे

काठमाडौँ- नेपाली संगीत क्षेत्रमा चर्चित कोरियोग्राफर कमल राईको उत्कृष्ट कोरियोग्राफीमा सजिएको नयाँ गीत ‘क्या राम्री देखियौ’ सार्वजनिक भएको छ । चर्चित गायक राजेश पायल राई र अरुणा राईको स्वरमा रहेको यो गीत २०८१ सालको नयाँ गीतको रूपमा सार्वजनिक भएको हो।

कमल राईको नृत्य निर्देशनले गीतको भिडियोलाई झनै आकर्षक बनाएको छ । कमल राई नेपाली संगीत क्षेत्रमा आफ्नो अनौठो र उत्कृष्ट कोरियोग्राफी शैलीका लागि प्रख्यात छन्, जसले गर्दा हरेक गीतमा नयाँपन र मनोरञ्जनको अभिवृद्धि गर्छ ।


भिडियोमा राईको नृत्य निर्देशनमा कलाकार एलीश राई र अनुशा राईले आफ्नो उत्कृष्ट नृत्य प्रस्तुत गरेका छन्। 

राजेश पायल राईको स्वर, अरुणा राईको शब्द र अनिल कोईराला राईको संगीतले सजिएको यो गीतले छोटो समयमै दर्शकको मन जित्न सफल भएको छ ।

भिडियोको छायांकन दिनेश पराजुलीले गरेका छन् भने सम्पादन तथा कलर अमृत चापागाईंले गरेका छन्। भिडियो ‘क्यास म्युजिक’ युट्युब च्यानलमार्फत सेप्टेम्बर १९, २०२४ मा सार्वजनिक गरिएको हो।

कमल राईको कोरियोग्राफीले नेपाली संगीत भिडियोको गुणस्तरलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउँदै आएको छ र यो गीतले पनि उनलाई थप सफलता दिलाउने निश्चित देखिन्छ।


Author

थप समाचार
x