संगीत

वैदेशिक रोजगार र परिवारको विछोडको कथा: ‘नेपाली माया पठाउँछु’ सार्वजनिक

इकागज |
असोज १८, २०८१ शुक्रबार १६:२६ बजे

काठमाडौँ - कलाकार राज आचार्यल दसैको अवसर पारेर `नेपाली माया पठाउँछु, बोलको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । हिन्दु धर्मावलम्बीहरूको बडादशैंको घटस्थापनामा `लिसन टु राज' युट्युब च्यानलबाट म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।

`नेपाली माया पठाउँछु' गीतले नेपालीले वैदेशिक रोजगारीमा गएपछि अनुभव गर्ने भावनात्मक विषयवस्तु उजागर गरेको छ। साथै विदेश जाउँ कि नजाउँ सोच्ने युवाको बारेका पनि देखाइएको छ ।


जाउँ घरमा बुढा बुबा आमा नजाउँ विदेशिने सपनालाई पनि यसमा देखाइएको छ । यो म्युजिक भिडियोले विदेशमा संघर्ष गरिरहेका लाखौं नेपालीहरूको मन छुने कथा प्रस्तुत गरेको छ।

गीतमा राज आचार्य र बिशम आचार्यको सुमधुर आवाज र अभिनय छ । संगीत, लिरिक्स र म्यूजिक एरेञ्ज राज र बिशमले गरेका छन् । मनिष गन्धर्वको सारंगीको धुनले भिडियोलाई थप मिठास बनाएको छ । हाम्रो स्टुडियोमा रेकर्ड गरिएको अडियो लाई सज्जन शाहले साउन्ड मिक्सिङ र मास्टरिङ गरी उत्कृष्ट बनाएका छन् ।

यो गीतको म्युजिक भिडियोको निर्देशन गम्भीर बिष्टले गरेका छन् । जो आफ्ना कन्सेप्चुअल म्युजिक भिडियोहरूका लागि चर्चित छन्। उनले "अरेली कडैले मलाई च्वास्सै," "बुट्टे रुमाल," र "छक्का पञ्जा ५" को "ब्रेक अप गीत" जस्ता भाइरल गीतहरूको निर्देशक गरेका छन् ।

भिडियोको कथा दुई बाल साथीहरूको मित्रताबाट सुरु हुन्छ । जहाँ बाल कलाकार आशुतोष न्यौपाने र कृतान्त निगम बिस्टले माया र मित्रताको सजीव अभिनय प्रस्तुत गरेका छन्।

 उनीहरूको जीवनको यात्रा बाल्यकालदेखि विदेश जानेसम्मको संघर्षमा आधारित छ। विशेष गरी वैदेशिक रोजगारीको लागि देश छोड्नु, हवाई अड्डामा विदाइको पल, परिवार र साथीहरूसँगको पीडादायी बिदाइ, विदेशमा भोगेका उतारचढाव र फर्कंदाको क्षणहरूलाई भिडियोमा हृदयविदारक रूपमा प्रस्तुत गरिएको छ।

भिडियोमा विदेशमा रहँदा घर परिवारको यादले सताएको कुरालाई मन छुने तवरले प्रस्तुत गरिएको छ । भिडियोमा राज आचार्य, शंकर आचार्य, गणेश बिस्ट, ज्ञानी बिस्ट, निर्मला आचार्य र बिशम आचार्यलगायत कलाकारहरूले बलियो अभिनय गरेका छन्।

सहयोगी कलाकार बिपिन कार्की र सन्तोष थारुले विमानस्थलका दृश्यहरूलाई अझै जीवित बनाएका छन्। फोटोग्राफी इस्वर बल्लव उप्रेतीले गरेका छन् भने एडिट, कलरिङ र ग्राफिक्सको काम राकेश दाहालले गरेका छन्।

गीतको परिकल्पना स्वयं राज आचार्यले गरेका हुन्। `नेपाली माया पठाउँछु´ ले नेपाली परिवार र वैदेशिक रोजगारीको बीचको पीडा, मित्रता र मायालाई कलात्मक र हृदयस्पर्शी रूपमा प्रस्तुत गरेको छ ।

 

 

 

 


Author

थप समाचार
x