संगीत

गणेश श्रेष्ठको 'नआओस् दसैँ' सार्वजनिक

इकागज |
असोज २३, २०८१ बुधबार ९:३१ बजे

काठमाडौँ- नेपालीहरूको महान् पर्व विजयादशमीको अवसरमा 'नआओस् दसैँ' सार्वजनिक भएको छ ।

चण्डिका श्रेष्ठको प्रस्तुति गणेश श्रेष्ठको पहिलो "नआओस् दशैँ"बोलको गीत ओ.एस.आर.मुभिजबाट सार्वजनिक भएको हो ।


नेपालमा बढेको बेरोजगार समस्याले विदेशिनुपर्ने नेपालीहरूको कथासँगै दसैँ र तिहार जस्तो महान् चाडपर्व आउँदा नेपालमा पिरोलिनुपर्ने परिवारको कथामा आधारित गीतमा पार्वती गिरी र आदित आचार्य तथा अन्य कलाकारहरूको जिवन्त अभिनय रहेको छ।

गणेश श्रेष्ठको शब्द /संगीतमा धिरेन्द्र राई तथा साहिमा श्रेष्ठको सुमधुर स्वर रहेको छ। सन्तोष प्रगाढ राईको एरेन्ज, रामेश्वर हुँमगाईको, छायांकन, अनन्त घिमिरेको सम्पादन तथा सन्तोष पराजुली प्राविधिक रहेको यस गीतको निर्माता चण्डिका श्रेष्ठ र दिनेश बुढाथोकी रहेका छन् । यस गीतको कथा/निर्देशन देवप्रसाद धिमालले गरेका हुन् ।


Author

थप समाचार
x