बजारमा लोक दोहोरी गीत ‘बर लाई पिपलु’ को चर्चा (भिडियोसहित)
काठमाडौं – नयाँ लोक दोहोरी गीत ‘बर लाई पिपलु’ले बजारमा चर्चा पाइरहेको छ । शिव सुवेदीको शब्दर संगीतमा अमर दीप बिसी र देवी घर्ती मगरको स्वर दिएका छन् ।
यसको भिडियोमा टेलिभिजनमा चर्चित कलाकारहरू सुरक्षा इटानी (सुरु) र सुस्मिता कुँवर (छोटी) को साथमा मोडलहरू कविता न्यौपाने, जेबिका कार्की, चलचित्रका अभिनेता तथा टेलिभिजन शृङ्खलामा ‘जेठान’ नामले परिचित गजित बिस्ट र मोडल उमेश कुमार बरालले अभिनय गरेका छन् । विशेष अतिथि कलाकारको रूपमा गम्भीर बिस्ट र सुमन ज्योति न्यौपाने (ल्याङ्ग्रे दादा) प्रस्तुत छन् ।
भिडियोको कन्सेप्ट, कोरियोग्राफी र निर्देशन सुरेन्द्र बसेलले गरेका छन् । नेपाली संगीत क्षेत्रमा बसेलले कोरियोग्राफी, मोड्लिङ, निर्देशन आदि गरेर ५ सय भन्दा बढी म्युजिक भिडियो गरेका छन् । उनको कोरियोग्राफीले भिडियो सुन्दर बनेको छ । सहायक कोरियोग्राफी न्यु सागर लामाले गरेका छन् भने दृश्य सम्पादन र कलर ग्रेडिङ राकेश दाहालले गरेका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया