भक्तपुरको रकमेनियामा दार्जिलिङ,काठमाडौँ र भक्तपुरका कलाकार झुम्दै
यही मंसिर २२ गते भक्तपुरको सल्लाघारी चौरमा एम ई एम इन्टरटेन्मेन्टले रकमेनिया लाउडेस्ट इभेन्ट इन भक्तपुर सुरु गर्ने भएको छ।
करिब ३५ लाख लगानीमा हुन लागेको यस कन्सर्टमा मुख्य ब्याण्ड मन्त्र ब्याण्ड जुन दार्जिलिङ्गबाट आउँदै छन् भने काठमाडौंबाट एमटियटयटफोयट र भक्तपुरबाट द सर्माैन नेपाल रहेको इभेन्ट आयोजक रोजिन मिश्रले जानकारी दिए।
त्यस्तै लोकल ब्याण्डमा इको ब्लुम, चक्रभिउ, द आइकोन ब्याण्ड, डिभाइन सोल र जेन्सिस ब्याण्ड रहेको पनि उनले जानकारी दिए। विगत लामो समयदेखि इभेन्टको आयोजना गर्दै हालसम्म १२ वटा इभेन्टपश्चात यो लाउडेस्ट इभेन्ट गर्ने निर्णय भएको आयोजक मिश्रले बताए।
सम्मेलनमा एम ई एम इन्टरटेन्मेन्टका फाउण्डर लोकसाङ लामाले रकमेनिया लाउडेस्ड इभेन्टले यस इन्टरटेन्मेन्टको रक ब्याण्ड कन्सर्ट गर्ने सपना पूरा भएकोमा हर्ष व्यक्त गर्नुरे।
उनले करिब ५ हजार भन्दा बढी सहभागिताको अपेक्षा रहेको यस कन्सर्टमा नेपालको रक इन्डस्ट्रिजलाई अझ उच्चस्तरमा लैजाने र जति पनि प्ल्याटफर्म नपाएका लोकल तथा नयाँ ब्याण्डहरू छन्। उनीहरूलाई प्रमोट गर्ने उद्देश्य रहेको बताए।
सम्मेलनमा आयोजकले कन्सर्टबाट भएको आम्दानीको २० प्रतिशत क्यान्सर पिडित तामाङ इन्डस्ट्रिकी गायिका इन्दिरा गोले गुरुङ्गलाई सहयोग गर्ने निर्णय भएको बताए। सम्मेलनमा इभेन्टका पार्टनरस् हिलसाइड बिन्स बरिस्ता कफी स्कूलका संचालक सरोज ढकाल, स्टारडस्ट इभेन्टका फाउण्डर मिकेश कार्की, डापरल्याडका फाउण्डर बिजेस जोशी, प्रोजेक्ट हेडस् मनिस घिमिरेले भक्तपुरको टुरिजम क्षेत्रलाई लक्ष्य बनाएर भक्तपुरमा पनि यस्ता इभेन्ट हुँदोरहेछ है भन्ने दर्शकमाझ मुनाफा कमाउने हिसाबले हैन कि एउटा रक ब्याण्ड चिनाउने उद्देश्यले यो कन्सर्ट हुन लागेको जानकारी दिए।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया