'भ्यालेन्टाइन डे' मा गगन श्रेष्ठले ल्याए 'म तिमी तिरै हेर्छु' (भिडियो)
बिदुर- नुवाकोटका उदयमान गायक गगन श्रेष्ठले प्रणय दिवसकोअवसर पारेर आफ्नो नयाँ गीत ‘म तिमी तिरै हेर्छु‘ सार्वजनिक गरेका छन् ।
शुक्रबार नुवाकोटको विदुरमा एक कार्यक्रम बीच गीतको अडियो र भिडियो सार्वजनिक गरिएको हो ।
कञ्चन मगर जिआरको शब्द र प्रविन बराईलीको संगीत रहेको गीतमा सञ्जिव बराईलीको संगीत संयोजन रहेको छ।
गायक तथा नुवाकोट कलाकार समाजका अध्यक्ष प्रचण्डबाबु राई र स्मारिका ढकालले अभिनय गरेको गीतको भिडियोलाई निकेश खड्काले निर्देशन गरेको गरेका हुन् । दिनेश पराजुलीको छायाँकन र विकाश धमलाको सम्पादन रहेको भिडियोको छायाँकन नुवाकोट जिल्लाका धार्मिक, रमणीय तथा पर्यटकीयस्थलमा गरिएको छ । मञ्जिला श्रेष्ठको प्रस्तुति रहेको गीतलाइ स्वय गायकको युट्युब च्यानल गगन श्रेष्ठ (GAGAN SHRESTHA)मार्फत हेर्न सकिने छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया