संगीत

श्रीमान् र सन्तानलाई छाडेर वैदेशिक रोजगारीमा जाने महिलाको पीडा गीतमार्फत

इकागज |
फागुन ८, २०८१ बिहीबार ११:१ बजे

काठमाडौँ- रोजगारीको खोजीमा विदेशी भूमिमा जानु कैयौँ नेपालीहरुको बाध्यता हो । यही बाध्यतामा कैयौँले ज्यान गुमाएका छन् त केही शारीरिक र मानसिक रुपमा समस्या भोगिरहेका छन् । सबैजसो नेपालीहरुले यो समस्या देखेको वा भोगेकै छन् ।

नेपाली समाजको यही समस्याको एउटा पाटो उजागर गर्ने प्रयास गरेका छन्, गीतकार अनिल अधिकारीले । केही दिन अघि मात्रै सार्वजनिक भएको ‘साँझको बतासले’ बोलको यो गीतले वैदेशिक रोजगारी जानुको बाध्यता, नेपाली समाजमा त्यसको प्रभाव र वैदेशिक रोजगारीका क्रममा भोग्नु परेको बाध्यतालाई उतार्ने प्रयास गरेको छ । 


कसरी एउटी महिला श्रीमान् र सन्तानलाई छाडेर वैदेशिक रोजगारीमा जान्छे र ऊ कुन अवस्थामा स्वदेश फर्कन्छे भन्ने भावनालाई भिडियोमा समेटिएको छ । 

गीतमा शब्द, गायन तथा संगीत अधिकारीको रहेको छ भने अभियनमा केकी अधिकारी, उत्सव सापकोटा र श्रृषा कुँवरले साथ दिएका छन् । अनिल अधिकारी युट्युव च्यानलमा सार्वजनिक गरिएको भिडियो छोटो समयमै अत्यधिक दर्शक तथा स्रोताले मन पराएका छन् । अधिकारीले यसअघि ‘सम्झ त्यो दिन’ गीत सार्वजनिक गरिसकेका छन् ।


 


Author

थप समाचार
x