‘द भ्वाइस किड्स’मा सकियो ‘ब्लाइन्ड अडिसन’
काठमाडौँ - ६ देखि १४ बर्षका बच्चाहरुले सहभागीता जनाएको रियालिटी सो ‘द भ्वाइस किड्स’ कार्तिक २६ गते अर्थात् शुक्रबारबाट प्रसारण हुँदैछ । सो हिमालय टिभीमा शुक्रबारसँगै शनिबार पनि प्रसारण हुनेछ । सोको ‘ब्लाइन्ड अडिसन‘को सुटिङ सकिएको छ ।
यसपटक, कोचको रुपमा गायकद्धय प्रमोद खरेल र राजु लामा, गायिकाद्धय मिलन अमात्य र प्रविशा अधिकारी छन् । कोचको रुपमा पहिलो अनुभव बटुल्न लागेकी प्रविशा अधिकारीले सोमा गायनसँगै अन्य प्रतिभा पनि हेर्न पाउने बताएकी छिन् ।
आफूहरुले बच्चाको मनोविज्ञानलाई समेत ध्यान दिएको प्रविशाको भनाइ छ । अर्का कोच प्रमोदका अनुसार, सोको सबैभन्दा रोचक राउन्ड नै ‘ब्लाइन्ड राउन्ड’ हो । आफूले बच्चाहरुको स्वर सुनेरै कुर्ची घुमाएको उनी बताउँछन् । भने–‘ठूलो मान्छेको जस्तै बच्चाको पनि स्वर नै सुन्ने हो । तर, कहिलेकाही छोराको स्वर होला भन्ने सोच्यो, छोरीको हुन्छ । छोरीको होला भनेर सोच्दा छोराको हुन्छ । केही बच्चाहरुको त स्वर सुनेर पनि छोरा वा छोरी छुट्याउन नसकिने रहेछ ।’
अरु गायन रियालिटी सो भन्दा ‘द भ्वाइस किड्स’को शैली नै फरक भएको उनको भनाई छ । उनी भन्छन्–‘शोको रोचक राउन्ड नै ब्लाइन्ड हो । बच्चाहरुले कोच रोज्ने क्रममा निक्कै रमाइलो गरेका छन् । हामीले पनि उनीहरुलाई बच्चाकै रुपमा व्यवहार गरेका छौं ।’
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया