केकी र दीलिपले अमेरिका र क्यानडामा छान्दै नृत्य र गायनका प्रतिभा
काठमाडौँ- अभिनेत्री केकी अधिकारी र अभिनेता दीलिप रायमाझीले अमेरिका र क्यानडामा नृत्य विधामा उत्कृष्ट प्रतिभा छान्ने भएका छन् । अमेरिका र क्यानडाका नेपाली लक्षित ‘मेरो डान्स कप यूएसए–४’ नामको नृत्य प्रतियोगितालाई केकी र दीलिपसँगै शंकर बिसी र नरमान राईले पनि जज गर्नेछन् ।
मंगलबार काठमाडौंको मेरियट होटलमा भव्य कार्यक्रमको आयोेजना गर्दै गायन प्रतियोगिता ‘मेरो भ्वाइस कप अमेरिका यूएसए–२’ को घोषणा गरिएको थियो । यी दुवै रियालिटी सोेलाई इन्ट्रा नेसनल वेल्फेर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाले गर्न लागेको हो ।
फाउन्डेसनका अध्यक्ष डिल्ली अधिकारीले जनवरीबाट सो सुरु गर्ने जानकारी दिए । ‘मेरो भ्वाइस कप अमेरिका यूएसए–२’को प्रस्तावित निर्णायकमा गायक प्रमोद खरेल छन् । कार्यक्रममा बोल्दै फाउन्डेसनका अध्यक्ष अधिकारीले नेपाली भाषा र सँस्कृतिको संरक्षण र प्रवद्र्धन गर्दैै रियालिटी सोमार्फत अमेरिका र क्यानडामा रहेका नेपाली भाषीमा नेपाली भाषा, सँस्ंकृतिको जागरुकता ल्याउनु रहेको पनि बताए ।
अमेरिकामा अत्यन्त व्यस्त जीवन बिताइरहँदा पनि आफूहरुले कहिल्यै पनि नेपाली परपम्परा, भाषा, रीतिथिति नछाडेको बताए । यही सोेचका कारण २ रियालिटी सो सुरु गरिएको अधिकारीको भनाइ थियो । ‘एक समय थियो हामी शरणार्थी शिविरमा कोही कलाकारलाई लिएर गएर आफ्ना छोराछोरीलाई प्रतिभा प्रस्फुटनको अवसर प्रदान गर्न चाहान्थ्यौँ ।
तर हामीसँग कलाकारलाई त्यहाँसम्म बोलाउने पैसा थिएन,’ अधिकारीले भने, ‘अब हामी हाम्रो बालबालिकालाई यो मौका दिन चाहान्छौँ । गायन र नृत्यका यी प्रतियोगिता यही उद्देश्यका लागि हुन् ।’ यो फाउन्डेसनले नेपालमा रहेका जेष्ठ भुटानी शरणार्थीलाई मासिक ५ हजार भत्ता समेत उपलब्ध गराउँदै आएको छ ।
कार्यक्रममा बोल्दै नायिका केकी अधिकारीले अमेरिकामा पनि नेपाली भाषीहरुलाई लक्षित गरेर यति ठूलो रियालिटी सो आयोजना हुन लागेको भन्दै खुशी व्यक्त गरिन् ।आयोजकले झापाको बेलडाँगी शिविरबाट पनि प्रतियोगिताको घोषणा गर्ने जनाएका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया